तपाईंको यो साता (साताको राशिफल)

तपाईंको यो साता (साताको राशिफल)


तपाईंको यो साता (साताको राशिफल)
२०७४ असार ७–१३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बन्धुबान्धवबाट सहयोग मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । साताको शनिबारबाट शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । ठेक्कापट्टामा विवाद एवम् चिन्ता बढ्नेछ । मनोरञ्जन र भ्रमणमा खर्च बढ्नेछ । शुभकर्म गर्नुपूर्व आफ्नो कूलदेवताको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ हरियो हो ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यो सातामा हतारको निर्णयले समस्या निम्त्याउन सक्नेछ । धैर्य एवम् लगनशीलताले अवसर दिलाउनेछ । पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रनेछ । साताको उत्तरार्धबाट लामो समयदेखि रोकिएको कार्यले पूर्णता पाउनेछ । ढुङ्गा–माटोको व्यवसायबाट सफलता हात पर्नेेछ । कुनै शुभकर्म गर्नुपूर्व महामृत्युञ्जय भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ७ र शुभरङ पहेँलो हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) –
कार्य सम्पादनमा सहजता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शनिबारबाट अरूको मन जित्न सफल भए पनि व्यापार–व्यवसायमा लगानी नगर्दा वेश होला । दुर्घटनाको भय भएकाले सचेत रहनुहोला । कुनै शुभकर्म गर्नु पूर्व महाँकालको दर्शन गरी यात्रा आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क १, ४ र शुभरङ सेतो वा गुलाबी हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आफन्तको सहयोगबाट कार्य पूरा हुनेछ । व्यापार–व्यवसायमा लाभ मिल्नेछ । गुरुबारबाट अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पु¥याउनुहोला । पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ रातो हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समय त्यति अनुकूल छैन । अरूको भरपर्दा धोकामा परिने, हानि हुने र विश्वास गुम्नेछ भने शुक्रबारपछि कार्यसिद्धि योग छ । नयाँ कामको थालनी हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । वस्त्र लाभ हुनेछ । साझेदारीमा गरेको कार्यबाट आर्थिक लाभ मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व सिद्धिविनायकको ध्यान गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ सुन्तला हो ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ कार्यको योजना बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मिहिनेत गर्दा राम्रै फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । तर, काममा व्यवधानसमेत उत्तिकै देखापर्नेछन्। स्वास्थ्यका लागि खानपानमा ध्यान पु¥याउनुहोला । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । देवीको दर्शन गरी यात्रा आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ नीलो हो ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समय त्यति अनुकूल छैन । आफ्नो अधिकार पाउनका लागि सङ्घर्ष गर्नुपर्नेछ । गलत निर्णय लिन पुगिएला । स्वास्थ्य क्षेत्रको लगानीमा फितलोपना आउनेछ । साताको उत्तरार्धबाट वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । राजनीतिमा सफलता मिल्नेछ । वाक्चतु¥याइँले सङ्कल्प सिद्घ हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ७, ९ र शुभरङ पहेँलो हो ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सामाजिक कार्यमा मन जाला । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । वाहनको कारोबारबाट लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । साताको उत्तरार्धबाट खाद्यान्नको क्षेत्रमा फितलोपन आउनेछ । वैदेशिक कार्यमा समस्या देखापर्ला । आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला । कुनै शुभकर्म गर्नुपूर्व बटुकभैरवको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ सेतो वा सिन्दुरे हो ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे) –
शुभकार्यको चर्चा चल्नेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । रविबारबाट व्यवसायमा मन्दी आउला । सौन्दर्यमा धन खर्च हुनेछ । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ वा घिउरङ हो ।

मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे, खो, गा, गि) –
सानो प्रयासले भाग्यनिर्माण गर्न सकिनेछ । व्यापार व्यवसायमा फाइदा होला । अचल सम्पत्तिको कारोबार हुनेछ । सवारीसाधनको खरिद–बिक्री हुनेछ । साथी र सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्न सक्नेछ । रोकिएका कामसमेत सम्पादन हुनेछन् । नयाँ कार्य र जिम्मेवारी हात पार्ने मौका छ । दुर्गाजीको आराधना गरी यात्रा गर्नले सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ कालो हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) –
मानसिक चिन्ता बढ्नुका साथै घरपरिवारबाट टाढिनुपर्नेछ । अरूको भरपर्दा धोकामा परिने, हानि हुने र विश्वास गुम्नेछ । मनोरञ्जनमा धन खर्च हुनेछ । निराशाभाव बढ्नुका साथै प्रयत्न गरेको काममा विलम्ब हुनाले दिक्क लाग्नेछ । तर, आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । इष्टदेवताको स्मरण गरी कार्य आरम्भ गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क १, ८ र शुभरङ कलेजी वा सिन्दुरे हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) –
दाम्पत्यजीवन सुखमय हुनेछ । मनोरञ्जनको क्षेत्रबाट श्रीः प्राप्तिको योग छ । राजनीतिक अधिकारमा सफलता मिल्नेछ । शनिबारबाट समय मध्यम खालको रहनेछ । स्वास्थ्यमा तथा सौन्दर्यमा धन खर्च हुनेछ । परम्परा र बाध्यतामा खुम्चिनुपर्नाले नरमाइलो लाग्न सक्छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ खैरो वा हरियो हो ।