लण्डन । एकजना बेलायती सुरक्षा विभागका सचेतकले इरान र उत्तर कोरिया मिलेर संयुक्त रुपमा लामो दूरीसम्म प्रहार गर्नसक्ने क्षमता भएको आणविक मिसाइल बनाउने कार्यक्रम बनाएका छन् भनेर उद्धृत गरेका छन् । इन्टरनेशनल इन्स्टिट्युट फर स्ट्रेट्जिक स्टडिज (आईआईएसएस)का अनुसार उत्तर कोरियाले हथियार बनाउने कार्यक्रममा इरानबाट प्राविधिक फाइदा लिइरहेको छ । यसको बदलामा उत्तर कोरियाले इरानको युरेनियम उत्पादन गर्ने कार्यक्रमका लागि युरेनियम प्रवर्धन गर्ने प्राविधि दिएर बढी युरेनियम उत्पादन गर्ने कुरामा दुबै देश सहमत भएको जानकारी दिएका छन् । आणविक हाथियार विकशित गर्ने प्रविधिको होडमा यस समाचारले असहज तुल्याएको छ किनभने यी दुईइ राष्ट्रहरुका कारण विश्व सुरक्षाकालागि खतरनाक साबित हुने कुरा मान्दछन् । आईआईएसएसका मार्क फिजपैट्रिकले उत्तर कोरियासँग इरानका लागि परमाणु हथियार बनाउने प्राविधिक धार रहेको कुरा व्यक्त गरेका छन् । उत्तर कोरियासँग उच्च गुणस्तरीय तथा बलियो स्टिल उत्पादन गर्ने क्षमता छ जोकि इरानसँग त्यो क्षमता छैन । इरानको परमाणु विकासका लागि कार्बन फाइबरबाट निर्मित समानमाथि निर्भर रहनुपर्थ्यो जोकि उस्तो भरपर्दो हुनसक्दैनन् । उनले अघि थप्दै … पहिलेको आणविक प्राविधिका बिक्रि उत्तर कोरियाबाट इरानका लागि एकतर्फी थियोभने अहिले दुईतर्फी भएको छ, उत्तर कोरिया युरेनियम उत्पादनका लागि आत्मनिर्भर भएसकेको छ जुनचाँहि इरानसित त्यो क्षमता छैन । युरेनियम उत्पादन गर्ने कुरामा उत्तर कोरियाले इरानमाथि तुल्नात्मक हिसाबमा द्रूत विकास गरेकोले विज्ञहरु चकित भएका छन् ।
इरानले विगत २० वर्षदेखि युरेनियम उत्पादन गरेर आणविक हथियारअनुरुप प्रयोग गर्नकालागि निर्माण कार्यक्रम गर्दै आएको छ । तर, उत्तर कोरियाले आणविक उपलब्धि हासिल गरिसकेको छ भने इरान अहिलेसम्म पनि असफल रहेको छ । उत्तर कोरियाको गतिविधिमाथि डराउँदै आईआईएसएसले वृहतरुपमा सम्प्रेषण गर्दै आएको छ भनेर विज्ञहरु बताउँछन् । उत्तर कोरियाले इरानलाई आणविक शक्ति सम्पन्न गराउनकालागि मद्दत गर्दै आएको छ । उत्तर कोरियाको प्रमुख आय भनेको नै हाथियार सम्बन्धिको प्राविधि हो जुनचाँहि इरान, सिरिया, बर्मा र लिबियालाई आफ्नो नवीनतम् उत्पादनको साथमा बिक्रि गरेको समाचार प्रकाशमा आएको छ । श्रोत – टेलिग्राफ, सुमल, मेस ।
प्रतिक्रिया