लण्डन । वर्तमान अवस्थामा नेपाली राजनीतिको मुख्य खेलाडी नेकपा माओवादी पार्टी अन्तरकलहले गर्दा टुक्रा पर्ने आम धारणाहरु सर्वत्र गरिन थालिएको लगत्तै सोहीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाल जारी अन्तर संघर्षले माओवादी विभाजनको शिकार नभई अझ एक ढिक्का भएर अगाडि बढ्ने दाबी गरेकाछन्। प्रगतिशील नागरिक समाजद्वारा शनिबार राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित विशेष साक्षात्कारमा बोल्दै उनले आफूसँग भिन्न मत राख्ने उपाध्यक्षत्रय मोहन वैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापासँग कुनै पूर्वग्रह नभएको बताएकाछन् । निकै भावुक मुद्रामा प्रस्तुत भएका अध्यक्ष प्रचण्डले तीन उपाध्यक्ष र महासिचवको नामै किटेर प्रचण्ड आफ्नो कसैप्रति पनि पूर्वाग्रह नभएको बताएका हुन्।
तत्कालीनन कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले मृत्यु शैय्यामा छँदा अन्तिम अवस्थामा आफूलाई मुलुकको नेतृत्व अब तपाईको काँधमा आएको भनेको स्मरण गर्दै प्रचण्डले शान्ति प्रक्रियाको एक मात्र हस्ताक्षर कर्ताका नाताले आफूले त्यसलाई निष्कर्षमा पुर्याएरै छाड्ने अठोट व्यक्त पनि सोही कार्यक्रममा गरेका छन् । आफू पार्टी नेतृत्वमा आएदेखि नै परम्परागत सोचविरुद्ध खडा भएको भन्दै उनले मौलिक तरिकाले सुरु गरिएको आन्दोलनको फरक बाटोबाट माओवादी बिचलित नहुने स्पष्ट पारेकाछन् । कोइरालाले त्यतिबेला आफूलाई कि त पार्टी बाहिरकाले भौतिक रुपमा सिध्याइदिन सक्ने वा पार्टीभित्रै रुने दिन आउने बताएकामा अहिले त्यस्तै भएको प्रचण्डको भनाइ थियो । अर्को एक फरक प्रसङ्गमा उनले कसैले शान्तिप्रक्रिया र संविधान निर्माणकार्य धरापमा पार्ने दुस्शासह गरे नेपाली जनताले त्यसको उचित जवाफ दिने उनको चेतावनी थियो ।-देब, मेस, लण्डन
प्रतिक्रिया