एमी वाइन हाउसको मृत्यु

एमी वाइन हाउसको मृत्यु


लण्डन । गायिका एमी वाइन हाउस, क्याम्डेन टाउनस्थित घरमा सत्ताइस वर्षको उमेर मृत्यु भएको खबर प्राप्त भएको छ । पुलिस अधिकारीहरुका साथमा एम्बुलेन्सहरु एमीको घरमा बोलाइएको थियो केही अघि अर्थात् ४ बजेतिर । तर अधिकारीहरुले घटनास्थलमा एमीको मृत शरीरको प्रमाणिकरण गरेका थिए । सन्देहास्पद रुप मानेर एमी वाइन हाउसको मृत्युलाई लिइने भएको छ र इन्क्वेरीहरु बसाइने छ भनिएको छ ।
लागू पदार्थको सेवनबाट छुटकारा पाउन अत्यन्तै कोशिस गर्दै गएकी वाइन हाउस एक उत्कृष्ठ गायिका रहेकोमा कसैलाई शंकै छैन ।
-नीर, लण्डन मेस