लण्डन । नर्वेको राजधानी ओसलोमा बम विष्फोटन भएको एकघण्टापछि एकजना बन्दुकधारीले अन्धाधुन्ध क्याम्पिङमा एउटा टापुमा आएका युवाहरुमाथि गोली चलाएर कम्तीमा ८४ जना तथा बम विष्फोटनमा ७ जना मारेका समाचार प्राप्त भएको छ र पछि उपाचार गर्दागर्दै २ जना मरेका थिए । क्याम्पिङमा गएका युवाहरुमाथि गोली चलाएर आक्रमणगर्ने एकजना ३२ वर्षीय युवालाई उटोइया टापुमा एक घण्टा लामो गोली हानाहानपछि प्रहारीले उनलाई गिरफ्तार गरेको छ । राजधानीमा बम विष्फोटन र टापुमा आक्रमण गर्ने व्यक्ति एउटै हुन सक्ने भनेर प्रहरीले जनाएको छ । ओस्लोमा बम विष्फोटन भएपछि ७ जना मारिनुका साथैं धेरैजना घाइते भएका थिए । प्रधानमन्त्री जेनर स्टल्टनबर्जले यो आक्रमण एकदमै अकल्पनीय र भयवह भएको व्यक्त गरेका छन् । प्रधानमन्त्रीको कार्यालयको छेउमा विष्फोटन भएको बमबाट प्रधानमन्त्रीको कार्यालय पनि नराम्ररी क्षति भएको समाचारमा प्रकाश पारेका छन् । प्रधानमन्त्रीका अनुसार यो एउटा राष्ट्रिय दुःखद घटना हो भनेका छन् ।
ओस्लोमा हिजो न्यूज कन्फरेन्समा बोल्दै …दोश्रो विश्वयुद्धपछि अहिलेसम्म यस्तो ठूलो अपराधिक घटना कहिल्यै पनि यो देशमा घटेको थिएन … अनि उनले अघि थप्दै …. युवाहरुले टापुमा मनाइरहेको स्वर्गिक क्याम्पिङको क्षणलाई नरक तुल्याइदियो… भनेका थिए । प्रधानमन्त्रीले यस घटनामा सरकारी कर्मचारीहरु पनि मारिएको खबर प्रकाश पारेका थिए । यतिबेलासम्म एकजनाले अथवा कुन समूहको क्रियाशीलता यस घटनामा रहेको छ भन्नेबारे प्रष्ट भएको छैन । एण्डर्स बेहरिङ ब्रेभिक, जसलाई यस घटनामा गिरफ्तार गरेको छ, कट्टर दक्षिणपन्थी रहेको कुरा स्थानीय सञ्चार माध्यमहरुले प्रकाश पारेका छन् । अस्तिराति ओस्लोस्थित उनको घर प्रहारीले तलाशी गरिसकिएको छ । उनलाई अहिले प्रहरीले गिरफ्तार गरेर सोधपुछ गरिरहेको छ र उनी यस घटनामा एक्लै थिए वा अरु पनि संलग्न जिए भन्ने विषयमा जाँचपडताल जारी छ ।
प्राप्त जानकारीअनुसार अपराधीले आफूलाई कन्जर्भेटिव खृष्टियन रहेको कुरा फेसबुकमा सम्प्रेषण गरेका थिए । ओस्लोमा जन्मेर, ओस्लोमा नै हुर्केका अनि शिक्षालाभ गरेका एन्डरसनले एउटा फार्म कम्पनी सञ्चालन गर्दै आएका छन । फार्म कम्पनीका लागि उनले एउटा फर्टिलाइजर कम्पनीबाट ६ टन फर्टिलाईजर खरिद गरेका थिए । सायद उनले फर्टिलाइजरबाट बम विकास गरेका आशंका गरेका छन् । विज्ञहरुका अनुसार फर्टिलाइजरको मात्रहरुबाट पनि मि श्रण गरेर बम निर्माण गर्न सक्ने कुरा जनाएका छन् । अपराधी प्रहरीको पोशाकमा बम विष्फोटन भएको एक घण्टापछि टापुमा आएका थिए । टापुमा युवाहरु क्याम्पिङम मस्त रमाइलो गरिरहेका थिए । उनले ती सबै युवाहरुलाई एकठाउँमा एकत्रित हुनलाई भनेका थिए त्यसपछि अन्धाधुन्ध गोली हान्न थालेका थिए । प्रत्यक्षदर्शीका अनुसार अग्लो, खैरो कपाल भएको युवकसँग तीनवटा हथियारहरु थिए, एउटा हातेगन, शटगन र अटोमेटिक हथियार बोकेका थिए । एकातिर भेला गरेर अन्धाधुन्ध गोली हानेर कैयौंलाई हत्या गरेपछि पानीतिर हमफालेर भागेकाहरुमाथि पनि दनादन गोली फायर गरेका थिए । अझसम्म युवकले किन हत्या गरे भन्नेबारे प्रष्ट थाह भएको छैन । श्रोत – टेलिग्राफ, सुमल, मेस ।
प्रतिक्रिया