हंगकंग । हिजो २४ जुलाई २०११ का दिन हङकङस्थित याउमातेइको हिन्सको कार्यलयमा साकेला सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि। को जानकारी सभा सम्पन्न भयो । त्यस साकेला सेभिङको अध्यक्ष गेन राईको अध्यक्षतामा भएको त्यस कार्यक्रमको प्रमुख अतिथिमा नेपाल च्याम्बर अफ कमर्शका सचिव किसन राई रहेका थिएभने अन्य अथितिहरुमा जनसम्पर्क समितिका उपाध्यक्ष राम ली राई, नेपाली आदिवासी जनजाति पत्रकार संघ हंगकंगका संयोजक भूपेन्द्र चेम्जोङ, खोटाङ समाज हंगकंगका सल्लाहकार बसन्त कुमारी राई रहेका थिए ।
सदस्य अधिराज राई ‘प्रकाश’ले सञ्चालन गरेको उक्त कार्यक्रमको स्वागत भाषण शेयर होल्डर पिताम्बर राईले गरेका थिए । ५० हजार रुपैयाभन्दा बढीको सेयर किन्ने होल्डरहरुलाई पनि प्रमाण पत्र वितरण प्रमुख अतिथि किसन राईको हातबाट गरिएको थियो । शेयर होल्डरहरुमा अरुण राई, भक्ति राज राई, भुपाल राई, प्रकाश राई, सागर आयम राई, कृष्ण प्रसाद राई, नारायण राई “हेजेन”, राज बहादुर राई, कृष्णकला राई, जीवन कला राई, पबित्रा राई, गंगादेबी लिम्बू, संजोक राई “कप्तान” र मनिराज नाछिरिङ राई थिए। यसैगरी उपस्थित धेरैले सदस्य बनी दैनिक वचनको खाता खोलेका थिए।
यसैगरी शुभकामना मन्तव्य दिनेहरुमा रामली राई, बसन्त कुमारी राई, भूपेन्द्र चेम्जोङ, किसन राईले थिए भने सस्थाको बारेमा जानकारी दिने क्रममा अध्यक्ष गेन राईले अहिलेसम्म नेपालमा सानो फुटपाथको पसलदेखि थुप्रै कोल्ड स्टोरहरु लगायत घरजग्गा लगायतलाई पनि ऋण दिएर आफ्नो व्यापार प्रवाह अगाडि बढाएको भनेका थिए र त्यस सेभिङ सस्ताको बचत प्रवाह १८ लाखबाट थालिएको र हाल २ करोड रहेको पनि जनाएका थिए । मुख्य कारोबार नेपालमा भए पनि विश्वमा छरिएर रहेको नेपालीहरुले आफूले कमाएको रकम बचत गर्न चाहनेसमक्ष लाने लक्ष्य रहेको अध्यक्ष राईले बताएका थिए र हङकङमा पनि यस सस्थाको संचालनको लागि पिताम्बर राईको संयोजनमा १५ सदस्यीय शेयर होल्डर र साधरण सदस्यहरुको एक कार्यसमिति चयन गरेका छन्, जुन कार्य समितिले हंगकंगको सम्पुर्ण वचत संकलनको काम गर्नेछन्।
प्रमुख अतिथि किसन राईले शुभकामना दिंदै हंगकंगको नियम कानूनमा के कस्तो ब्याबस्था छ, शाखा खोल्ने सम्बन्धमा पनि कानूनी सरसल्लाह दिएर सस्थालाई सहयोग गर्ने आश्वासन दिएका थिए।
कार्यक्रम समापनपश्चात उपस्थित महानुभावहरुको प्रश्नको उत्तर अध्यक्ष गेन राईले दिएका थिए । स्मरण रहोस्, गेन राईको कर्मभूमि हंगकंग भए पनि गत दुई बर्षबाट नेपालमा नै व्यापार ब्यावसाय गर्न थालेका हुन्।-अधिराज
प्रतिक्रिया