अपहरण भएकी महिलालाई फिल्मी शैलीमा उद्वार

अपहरण भएकी महिलालाई फिल्मी शैलीमा उद्वार


लण्डन । आज सबेरै एकजना जवान महिला आफ्नो कामबाट घर र्फकदै गरेकी बेलामा तिनलाई पिछा गरेर भारतको राजधानी दिल्लीमा ५ जना (२ जना कलेजका विधार्थीहरु सहित) युवकहरुले अपहरण गरेका थिए । तर, प्रहरीले लामो पिछा गरेर छिमेकी शहर फरिदाबादनजिकै ती महिलालाई नाटकीय पाराले अपहरणकारीहरुका पञ्जाबाट मुक्त गर्न सफल भएको छ भने २ जना अपहरणकारीहरुलाई समेत प्रहरीले गिरफ्तार गरेको छ । फिल्मी शैलीमा उद्वार गरेकी महिलासँग ती अपहरणकारीहरुले अपहरण गर्नुभन्दा अघि गुरगाउँको एउटा माल (शपिङ सेन्टर)मा, जहाँ महिला काम गर्छिन्, भनभान गरेका थिए । महिला आफ्नो काम सकिएपछि एकजना सहकर्मचारी र २ जना आफन्तहरुसँग घर फर्किरहेकी बेलामा घिटोनी मेट्रो स्टेशन छेउमा अपहरणकारीहरुले क्याबका ड्राइभर र महिलाका साथीहरुलाई पिटेर महिलालाई अपहरण गरेका थिए । क्याब ड्राइभरको सतर्कताले गर्दा छिट्टै उनले प्रहरीलाई आफ्नो मोबाइल फोनबाट यसघटनाको सूचना तत्काल दिएका थिए भनेर प्रहरी डिपुटी कमिश्नर छाँयादेवी शर्माले समाचारदाताहरुलाई भनेकी छिन् ।
अपहरणकारीहरुमा क्रमशः २२ वर्षीय करतार सिंह (बीएस्सी फाइनल वर्षका छात्र) र २३ वर्षीय प्रमोद (बीबीए फाइनल वर्षका छात्र)हरुलाई गिरफ्तार गरेको छ । उनीहरुका ३जना साथीहरु क्रमशः रवीश, दिपक र अरुण फरार छन् । घट्नाक्रम यसप्रकार शुरु भएको रहेछ । करतारले नया गाडी एसयुभी किनेको खुशियालीमा साथीहरुलाई पार्टी दिएका रहेछन् । ती युवाहरु फरिदाबादमा दिएको पार्टीमा मदिरा सेवन गरेर गुरगाउँ आएका थिए त्यसपछि उनीहरु एउटा नाइटक्लबमा पस्न खोजेका थिए, तर, उनीहरुलाई नाइटक्लबमा पस्न दिएनन् । त्यहाँबाट उनीहरु मालभित्र पसेका थिए । मालभित्र पसेर उनीहरुले अपहरणमा शिकार भएकी महिलालाई लक्ष्य गरेका थिए । उनीहरुले त्यसमहिलासँग केहीबेर भनभान गरेका थिए । जतिबेला महिला आफ्नो काम सिद्धिएर यस्तै साढे २ बजेतिर आफ्नो साथी र आफन्तहरुसँग घरतर्फ लागेकी थिईन् त्यतिबेला ती युवाहरुले महिलालाई पिछा गरेका थिए । अनि घिटोनी छेउमा आइपुग्दा अपहरण गरेर फरिदाबादतर्फ बदमाशहरु भागेका थिए । प्रहरीले बिहान ३ बजेतिर खबर पाउनसाथ तुरुन्त नाइट पेट्रोलिङ पार्टी र पिकेट स्टाफहरुलाई सतर्क गरी आवातजावात गर्ने सबै सवारी साधनहरु चेक गर्न र पिछा गर्न लगाएको थियो । क्याब ड्राइभर र महिलाका साथीहरुका अनुसार अपहरणकारीहरुबाट शिकार भएकी महिलालाई क्याब रोकेर गाडीभित्रबाट लतार्दै अरुले प्रतिरोध गर्दा पिटपाट गरेर क्याब ड्राइभरको कारको चाबी, अरु महिलाका साथीहरुका मोबाइल फोनहरु खोसेर लगेका थिए । तर ड्राइभरसित रहेको फोनबाट ड्राइभरले तुरुन्त प्रहरीलाई सूचित गरेका थिए । अपहरण गरेर भागेका अपहरणकारीहरु पहिले अन्धेरिया मोडतिर गएका थिए त्यसपछि छिटोभन्दा छिटो फरिदाबाद पुग्नलाई आयानगर भएर गएका थिए । आयानगरमा गाडीहरु चेक गर्दै गरेको देखेर अपहरणकारीहरु गाडीलाई यू-टर्न गरेर गल्तीले दोहोरो सडकतिर गएका थिए । उनीहरु कच्चीबाटो भएर जोनपुर अनि गुरगाउँबाट राजमार्ग भएर दिल्लीबाहिर निस्केर फरिदाबाद पुग्ने विचारले गाडी हुइक्याउँदै बढेका थिए । तर, यसमा पनि उनीहरु सफल भएनन् । जोनपुर पुग्दा त्यहाँ अघि नै प्रहरीहरु पुगीसकेका उनीहरुले देखेपछि फेरि गाडीलाई यू-टर्न गरेर फर्कँदा हतारमा उनीहरु साँगुरो बाटोतर्फ लागेका थिए जहाँ बाटो नै टुङ्गिएको थियो । त्यहाँबाट र्फकन खोज्दा अघि नै प्रहरीका गाडीहरुले बाटो छेकिसकेका थिए । पाँचजना अपहरणकारी त्यहाँबाट भाग्न खोज्दा करतार र प्रमोदलाई प्रहरीले पकडेका थिए भन्ने अन्य तीनजना त्यहाँबाट उम्केर भाग्न सफल भएका थिए । श्रोत – इण्डिया टूडे, सुमल, मेस ।