हङकङमा आदिबासी पत्रकार संघ

हङकङमा आदिबासी पत्रकार संघ


हङकङ । गत २४ जुलाई २०११ का दिन हङकङको जोर्डनस्थित सनराइज साप्ताहिकको कार्यलयमा नेपाली आदिवासी जनजाति पत्रकार संघ हङकङको तदर्थ समिति गठन भएको छ । उपस्थित पत्रकारहरुले नेपाली आदिवासी जनजाति पत्रकार संघ हंगकंग गठनको औचित्व र महत्व छ कि छैन भनी अन्तर्क्रिया गरेपश्चात औचित्य र आवश्यक रहेको ठहर गर्दै तदर्थ समिति गठन गरिएको हो । संघको तदर्थ समितिमा भूपेन्द्र चेम्जोङ संयोजक र अधिराज राई “प्रकाश” सचिव रहेका छन् । अन्य सदस्यहरुमा तुल्सी राना, राई चन्द्र दुमी, युक कृष्ण राई, भीम थापा, लोक नारायण जोशी, किन्दर राई, कल्पना तुम्रोक, मिन थापा, गज बहादुर गुरुङ, विक्रम गुरुङ, पिताम्बर राई, नरेश सुनुवार, लक्ष्मण गुरुङ, सन्तोश तामाङ, पबित्रा राई,मुक्काजी गुरुङ र कृष्ण गुरुङ रहेकाछन्।
गठन भएको मितिले ३ महिनाभित्र अधिवेशन गरेर पूर्ण कार्यसमितिको चयन गर्ने निर्णय तदर्थ समितिले गरेको छ र विधान मस्यौदा समिति पनि चयन गरेको छ । भीम थापा संयोजक र अन्य सदस्यहरुमा नेत्र पहाराई, किन्दर राई, नरेस सुनुवार रहेका छन्। यस समितिलाई नेपाली आदिवासी जनजाति महासंघ हंगकंगका सल्हाकार भक्त दुरा र अध्यक्ष एम बी थापाले सहयोग र सहकार्य हुने भन्दै कार्य सफल्ताको शुभ कामना ब्यक्त गरेका थिए। हंगकंगमा क्रियाशील पत्रकारहरुमा नेप्सटाइम्सका विनय शाह र नागरिक दैनिकका पूर्ण बस्नेतबाहेक सम्पूर्ण आदिवासी जनजाति पत्रकार मूलका रहेका छन् । हंगकंगको बस्तुस्थितिलाई मध्यनजर गर्दै उनीहरुलाई पनि मानर्थ सदस्यमा समेटने गरी बिधान बनाउन सकिने पनि मत जाहेर भएको थियो।
फोटो- नेआजपस, अधिकारज