हत्यारा छोरोको मृत्युको कामना

हत्यारा छोरोको मृत्युको कामना


लण्डन । ओसलो, नर्वेमा शुक्रवारको दिनमा सामूहिक नरसंहार गरेका हत्यारा एन्डर्सलाई हिजो उनका बुवा जेन्स ब्रिभिकले आफै मरेर गए हुन्थ्यो भनेर आफ्नो भनाइ व्यक्त गरेका छन् । जेन्स ब्रिभिक, हत्याराका बुवा विगत दश वर्षदेखि आफ्नो छोरासँग बोलेका छैनन् । उनले आफू उनका बुवा होइन होला भन्ने अनुभूति गरेको कुरा जनाएका छन् ।
७६ वर्षीय, जेन्स यतिबेला आफ्नो दोश्रो पत्नी वान्डासँग फ्रान्सको एउटा ग्रामिण क्षेत्रका कोरानेल भन्ने गाउँमा बस्दै आएका छन् । उनले आफ्नो छोराको बारेमा …. कसरी ती निर्दोष मानिसहरुलाई मारेर आफूले …मैले ठीक गरेको हुँ भनेर सोचेका् होला.. ऊ मरेर गए हुन्थ्यो.. म अब जिन्दगीभरि उसको कारण लज्जित हुँदै जिउनुपर्छ… मानिसहरुले सधै उसको नामसँग मेरो नाम जोड्नेछन्… भनेर आफ्नो दुःख पोखेका थिए । समाचारदाताहरुले ….यदि तपाईले आफ्नो कट्टर दक्षिणपन्थी उग्रवादी छोरालाई केही भन्न परे तपाई के भन्नुहुन्छ ….भनेर सोध्दा, उनले …. मलाई केही थाहा छैन … ऊ अर्कै दुनियाको मान्छे हो .. उसले कुरा बुझ्छ जस्तो लाग्दैन मलाई.. उसले धेरैका जीवन बर्बाद पार्‍यो उसले यसको सजाय भोग्नुपर्छ… भनेका थिए ।
एन्डर्सका सौतेनी आमा वान्डाले ऊ आफू सौतेनी आमा भए तापनि जुन दिनदेखि उनलाई प्रहरीले गिरफ्तार गर्‍यो, त्यसदिनदेखि रातभरि आँखा झिमिक्क गरेर नसुतेकी कुरा व्यक्त गरेकी छिन् । कोरानेलस्थित उनीहरुका घरमा उनीहरु अहिले प्रहरीका हथियार सहितका सुरक्षादस्ताको देखरेखमा रहेका छन् । प्रहरीलाई त्यहाँ केही दुर्घटना हुन सक्ने आशंकामा सुरक्षाकालागि खटाएको छ । जेन्स ब्रिभिकका पहिलो पत्नीबाट तीनजना सन्तानहरु क्रमशः एरिक, जाना र निना छन् । जतिबेला उनले एन्डर्सकी आमा बेन्च बेहरिङलाई भेटेका थिए उनीसित एउटी छोरी थिईन् । त्यसपछि एन्डर्स जन्मेर एक वर्षको हुँदा तिनीहरु पारपाचुके भएर छुट्टिएका थिए । दोस्रो विवाह वान्डालाई गरेपछि वान्डा र जेन्सले एन्डर्सको पालनपोषन र आफ्नो संरक्षनमा राख्नकालागि अदालतमा मुद्धा हालेका थिए, तर, उनीहरुले त्यो मुद्धा हारेका थिए । जेन्स ब्रिभिक नर्वेको लेबर पार्टीका पूर्व समर्थक थिए । उनी रोयल नर्वेजियन अफ फोरेन अफेयर्सका एडभाइजर थिए । उनी लण्डन र पेरिसका राजदूतावासहरुमा पनि आबद्ध थिए । श्रोत – मेट्रो, सुमल, मेस ।