लण्डन । भोकमरी र महामारीबाट ग्रस्त भएका सोमालियाका विभिन्न क्षेत्रमा मुस्लिम समूह अल-साहाबले समोसा अर्थात् सिंगारा खानबाट बन्देज गरेको छ । त्रिभुज आकारको तीनचोंसो भएको समोसाको खाद्य पदार्थको रुपमा प्रयोग गर्नाले त्यस समुहका इस्लामिक मर्यादा उलंघन भएको विश्वास गरेर यस समूहले राष्ट्रसंघबाट भोकमरीमा पिल्सिरहेका जनतालाई खाजाको रुपमा वितरण गरिएको समोसा खानाका लागि रोक लगाएको छ । केनियाको डेली नेशन पत्रिकाले हिजो प्रकाशित गरेको समाचारमा तीनचोंसे अर्थात् त्रिभुज आकार खृष्टियन धर्मसँग आबद्ध “होली ट्रिनिटी” को द्योतक यस समूहले मानेको छ । खाजास्वरुप दिएको समोसा एकदमै खृष्टियनकरनको भनक भएकोले रोक लगाएको समाचार छ ।
शताब्दियौंदेख्रि सोमालियाका वासिन्दाहरुले खाँदै आएका समोसालाई अब कसैले समोसा खाँदै गरेको देखेमा कडा सजायँ दिने चेतावनी दिइएको छ । यस समूहका कार्यकर्ताहरुले गाडीहरुमा लाउड स्पिकर राखेर उनीहरुका नियन्त्रणमा रहेको पूर्वी अफ्रिकी प्रान्तीय क्षेत्रहरुमा यस बन्देजको उद्घोषन गर्दै चेतावनी दिइरहेका छन् । लाखौ मानिसहरु भोकमरीका कारण मृत्युशैयामा रहेको यथार्थलाई प्रकाश पार्दै राष्ट्रसंघले विश्वसामु राहत दिनुपर्ने चेतावनी दिएकोमा यो समूह आक्रोशित भएको छ तथा सुक्खाग्रस्त क्षेत्रका लागि राष्ट्रसंघ र दातृसंस्थाहरुबाट वाहृय राहत प्रदान गरिने कदमलाई अस्वीकार गरेको छ ।
अल-साहाबले गत वर्ष फुटबल खेल हेर्नु र खेल्नुबाट प्रतिबन्ध लगाएको थियो । तालिबानीहरुसँग तुलनात्मक दृष्टिकोण राख्ने समूहले पुरुषहरुलाई दाह्री पाल्ने आदेश दिएको छ । टाइट -चुस्त) फिटिङ कपडाहरु नलगाउन समेत चेतावनी दिएको छ । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया