नेपाली संसदको चर्चा विदेशी समाचारमा

नेपाली संसदको चर्चा विदेशी समाचारमा


लण्डन । गत वर्ष निक्कै नै सफल रहेको हिन्दी सिनेमा दबंगमा रहेको एक गीत ‘मुन्नी बदनाम हुई डार्लिंङ तेरेलिए…’ले, द टाइम्स अफ इण्डियामा जताइएअनुसार, नेपाली पार्लियामेन्टमा आँधी ल्याएको छ । सोही समाचारमा अगाडि भन्छ, नेपालमा सो गीत निक्कै नै प्रसिद्ध भएको छ, हुनसक्छ, त्यही प्रसिद्धीको कारणले नै उक्त गीतको चर्चा समसामयिक तवरले कुनै राजनीतिक प्रसंगमा घुसाइएको होस् ।
तर यो पक्का हो कि, खासगरी भारतले आफ्ना छिमेकी देशहरुलाई ‘कल्चरल कोलोनाइज्ड’ बनाएको छ । यसमा एकातिर त्यो देशको साँस्कृतिक पक्षलाई प्रशंसा गर्नै पर्नेहुन्छ भने अर्कोतिर नेपाललगायत देशहरुले गुमाउँदै गएको आफ्नो निजित्वप्रति खेद प्रकट गर्नै पर्ने हुन्छ । कुनै आमलगायत प्रतिष्ठित जमातको पार्टीहरुमा नेपाली गीतहरुमा नभई भारतीय सिनेमाका गीतहरुमा कम्मर हल्लिने गर्दछ भने आम नेपाली घरमा भारतीय टेली श्रृंखला अनि सिनेमाहरु हेरिने गरिन्छ र त्यही सन्दर्भमा नेपाली दशैं, नेपाली नयाँ वर्ष, ठूलो एकादशी, माघे संक्रान्ति आदिप्रति आम चाख हट्दै गई दीवाली, होली, अंग्रेजी नयाँ वर्ष, भ्यालेन्टाइन्स डेलगायत क्रिसमस आदि अवसरहरुलाई विशेष रुपमा मनाइने गरिन्छ । त्यसको छाप, नेपाली मुख्यधारका मिडियाहरुमा गहिरो रुपमा परेको छ, कतिपय यस्ता प्रकाशनगृहहरु भारतीय व्यैपारिक विज्ञापनको भरमा टिकेका हुन्छन्, भने त्यो देशको संसद पनि भारतीय साँस्कृतिक अतिक्रमणबाट मुक्त हुन पक्कै सक्दैन ।
द टाइम्स अफ इण्डियामा बताइएअनुसार, नेपाली काँग्रेसका तर्फबाट भूतपूर्व सँस्कृति मन्त्री रहेका मिरेन्द्र रिजालले गत विहीबार एउटा प्रसंगमा मुन्नी बदनाम हुई तेरेलिए भन्ने गीतको चर्चा घुसाएका थिए ।
५३ वर्षीय रिजालका तर्कअनुसार, यतिखेर प्रधानमन्त्री झलनाथ खनाल, माओवादी पार्टी तथा यसको नेता पुष्पकमल दाहालसँगको अन्तरनिहित सम्बन्धले गर्दा आफ्नो पार्टी एमालेमा अनि मन्त्री मण्डलमा अनि सम्पूर्ण राज्यमा नै बदनाम भएका छन् । प्रधानमन्त्रीलाई मुन्नी भन्दै डार्लिङ अर्थात् प्रचण्डसँग हिचमिचले उनी बदनाम भएको भन्ने पूर्व मन्त्री रिजालको गीतको लयवद्ध उदाहरणले पार्लियामेन्टमा निक्कै प्रसिद्धी पाएको भनिएको छ जसलाई भारतीय केही पत्रिकाहरुले बढाइचढाइ लेखेको पनि छ ।
कसै वा केही पक्षप्रति प्रभावित हुनु भनेको स्वभाविक नै हो, त्यसलाई नियन्त्रण गर्न पक्कै नै गाह्रो हुन्छ तर कतिपय अवस्थामा भने आफ्नो स्वभावलाई नियन्त्रण पनि गर्ने गरिन्छ खासगरी राष्ट्रियताको सवालमा, स्वभिमानी आधारमा । तर नेपाली पार्लियामेन्टमा त्यसरी संसद नै विदेशी सांस्कृति पक्षहरुबाट उदाङ्गिएर प्रभावित भएको देखिन्छ भने, कुनै एक भारतीय अभिनेत्रीले नेपाल भारतकै एक भाग हो भन्ने आफूलाई लागेको भन्ने जस्ता अभिव्यक्तिप्रति कुनै नेपालीको स्वभिमानी हृदय जल्ने भनेको ढोंगीपन नै हो । हरेक व्यक्तिलाई हरेक अवसरमा नेपाल भारतको एक भाग होइन भन्ने लाग्ने अवस्थाहरु, दृश्यहरु अनि अभिप्रायहरु खोज्न मुश्किल पक्कै भएको छ यो वर्तमान अवस्थाको नेपालमा ।
-नीर, लण्डन, मेस