लण्डन / हत्याको अभियोगमा जेल सजायँ भोगिरहेका हत्यारा फ्रेडरिक ब्यानेटले अन्त्यमा आफूलाई कानूनसमक्ष सुपुर्दगी गर्नुपर्यो । मोन्ट्रोजो काउन्टीको सुदूर क्षेत्रको उनका निवासमा गत बुधवारको दिन उनलाई गिरफ्तार गरिएको छ । उनका निवास स्थानको क्याबिनमा आएर धेरैजना बन विभागका कर्मचारीहरुले उनलाई आगो र सुरक्षाबारे धेरैपटक सोधपुछ गरेपछि उनी आफू त्यहाँ सुरक्षित छु भनेर ढुक्क भएका थिए । तर, छद्मधारी बनविभागका कर्मचारीहरु अदालतबाट खटिएका मार्शलहरु (अपराधी पक्डाउ गर्ने अधिकृतहरु) थिए । उनीहरुले भगौडा हत्यारालाई गिरफ्तार गर्नलाई वर्षौंदेखि पिछा गर्दै आएका थिए । अधिकारीहरुले उनलाई पकड्नका लागि सन् १९७८मा उनले खिचेका एउटा फोटो लिएर उनलाई खोजिरहेका थिए । तर, उनलाई उनको शरीरमा भएको एउटा क्रस चिन्हको टाटू र दाँया हातमा भएको डट चिन्हबाट पक्डिएका थिए ।
फ्लोरिडाको कानून विभागका स्टिभ देभेनपोर्टले …३२ वर्षदेखि हराएका कुनै एकजना मानिसलाई गिरफ्तारका लागि खोज्नु भनेको निकै जटिल कार्य थियो वास्तवमा खोज्ने बाटो नै सेलाइसकेको थियो … भनेर यस घटनाबारे व्यक्त गरेका छन् । अहिले ६० वर्ष पुगेका ब्यानेट सन् १९७९मा कोलाराडो रेइफोड जेलबाट बिजुली बत्ती गएको बेलामा उम्केर भागेका थिए । उनले फ्लोरिडामा सन् १९७१मा एकजना आफूसँगै यात्रा गरिरहेका साथी कार्ल अर्डोलिनोलाई घाँटी अँठ्याएर मारेको अभियोगमा जेल सजायँ काटिरहेका थिए । भगौडा ब्यानेटलाई गिरफ्तार गर्नकालागि खटिएका समूहले उनी यस ३२ वर्षको अवधिभरि धेरै ठाउँहरुमा भाग्दै हिँड्दा उनलाई पछ्याइरहेका थिए । उनले आफ्नो नाम परिवर्तन गरेर नेल मेलजरको नाम राखेका थिए । उनी हवाइ, क्यालिफोर्निया, टेनिसी र मेरिल्याण्डमा नाम परिवर्तन गरेर बस्दै आएका थिए । अर्डोलिनेका भतिजी मार्गारेट अरचरले उनीहरुले हत्यारा गिरफ्तार भएको समाचार पहिले पत्याएका थिएनन् तर अहिलेचाँहि केही खुशी भएकी कुरा जाहेर गरेकी थिईन् ।
ब्यानेटलाई अहिले जेलबाट भागेको मात्र अभियोग नभई उनीमाथि हथियार र लागूपदार्थ राखेको अभियोग पनि लागेको छ । उनलाई गिरफ्तार गरेर निवासस्थानको खानतलाशी गर्दा केही बन्दुकहरु र मरिजुआना प्रहरीले भेट्टाएका थिए । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया