स्थानीय तहको निर्वाचनका लागि प्रत्येक नेपालीले खर्चिए ४ सय ७७ रुपैयाँ

स्थानीय तहको निर्वाचनका लागि प्रत्येक नेपालीले खर्चिए ४ सय ७७ रुपैयाँ


स्थानीय निर्वाचन हुनुलाई राजनीतिक क्षेत्रमा ठुलो उपलब्धि मानिएको छ तर त्यसका निम्ति प्रत्येक नेपालीले कति खर्च ब्योहोर्नु प¥यो भन्नेचाहिँ धेरैलाई थाहा छैन ।

स्थानीय निर्वाचनमा भाग लिएवापत प्रत्येक नेपालीको भागमा ४ सय ८८ रुपैयाँ खर्च परेको छ । उक्त कुरा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिनुभएको हो । निर्वाचन पर्यवेक्षणमा सम्बद्ध संस्थाहरू जियोक, नियोक र संकल्पले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । संघीय र संसदीय निर्वाचन एकैदिन हुन नसक्ने पनि उहाँले बताउनुभयो । दुबै निर्वाचन मिश्रित प्रणालीमा गर्नुपर्ने हुँदा एउटा निर्वाचनका लागि खुल्ला प्रतिस्पर्धात्मक र समानुपातिक गरी दुइ वटा मतपेटिका राख्नुपर्ने भएकाले चारवटा मतपेटिका एकैपटक राखेर चुनाव गर्न नसकिने उहाँको धारणा छ ।

निर्वाचन पर्यवेक्षण समिति जियोकका अध्यक्ष हिमालय शम्सेर राणाले संघीय र संसदीय दुबै निर्वाचन एकैपल्ट गर्दा मुलुकको खर्च कम हुने सुझाव दिनुभएपछि प्रमुख निर्वाचन आयुक्तले चुनाव एकैदिन गर्न नसकिने बताउनुभएको हो । एकैदिन चुनाव गर्ने बारेमा राजनीतिक दलहरुबीच छलफल जारी छ । निर्वाचन पर्यवेक्षणमा संलग्न तीनवटै संस्थाका तर्फबाट निर्वाचन आयोगलाई नौ बुँदे सुझाब दिइएको छ । जसमा निर्वाचन कानूनमा संसोधन गरी बराबरी मत पाएका उम्मेद्वारहरूको हकमा बराबरी समय कार्यकाल हुने गरी ब्यवस्था मिलाउनेलगायतका कुरा उल्लेख गरिएको छ ।