स्विन्डन । स्विन्डनस्थित ओल्ड टाउनको टाउन गार्डेनमा यो वर्षको स्विन्डल मेला यही शनिबार भव्यताका साथ सम्पन्न भएको छ । सो मेलामा विभिन्न सामुदायिक संघसंस्थाहरुले आआफ्ना सांस्कृतिक नृत्यहरुका साथै झाँकीहरुको प्रदर्शनी गरेका थिए । दिउँसोको १२ बजेबाट शुरु भएर साँझको ७ बजे समाप्त भएको उक्त मेलामा नेपाली संघसंस्थाले पनि भाग लिएका थिए । जसपनाल सिंह भुईको सभापतित्वमा सञ्चालित उक्त मेलामा तमील एस्सोसिएसन, गोउन एस्सोसिएसन, हिन्दू समाज स्विन्डन, मलायली एस्सोसिएसन, स्विन्डन स्टार्स, मुमताज डान्स कम्पनी, बलिवूड ड्रिमर्स लिथब्रिज्ड स्कूल, चाँदनी चाम्रिया आदिका कार्यक्रमहरु मुख्य रुपमा प्रस्तुत गरिएका थिए ।-चन्द्र सुनार, मेस,
click here to view the album
प्रतिक्रिया