निर्मल नवज्योतिलाई एनआरएनएको सहयोग

निर्मल नवज्योतिलाई एनआरएनएको सहयोग


एनआरएनए मलेसियाले अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा रहेको श्री निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयलाई भौतिक सामग्री उपलब्ध गराएको छ । एनआरएनए मलेसियाका सदस्य रन्जित क्षेत्रीले सुस्त मनस्थिति भएका बच्चाहरूको मनोबल वृद्धि गरी तिनका अभिभावकलाई हौसला प्रदान गर्न संस्थाको कार्यसमितिले एक लाख नगद संकलन गरेको समेत जानकारी दिए । सामान्य सहयोग गर्नुपरेमा अनेकौँ तामझाम गर्ने परम्परालाई तोडेर सदस्य क्षेत्रीले रु. १ लाख बराबरको रकमबाट पोशाक, भाँडाकुँडा, खेलकुद सामाग्री, फिल्टर, टिभि, टेवल पंखालगायत समान खरिद विलसहित विद्यालयकी प्रधानाध्यापक कमला भुसाललाई हस्तान्तरण गरेका थिए ।

आफ्नो भनाई राख्ने क्रममा क्षेत्रीले अर्घाखाँचीमा सिआईजी नामक संस्थाले पु¥याएको योगदान महत्वपूर्ण रहेको कारण निकट भविष्यमा अभियानलाई अगाडि बढाउन आफूहरू सहयोगी हात बढाउन उत्प्रेरित भएको बताए । श्रोत ब्यक्ति नामबहादुर सिंह रानाभाटको अध्यक्षता र विद्यालय निरीक्षक माधव बन्जाडेको प्रमुख आतिथ्यता रहेको सो सहयोग हस्तान्तरण कार्यक्रम सूचना तथा सुशासन अभियान, सिआईजीका अध्यक्ष मुक्तिनाथ भुसालले सञ्चालन गरेका थिए भने कार्यक्रममा एनआरएनए मलेसियाको यस कार्यको कदर गर्दै जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले सदस्य क्षेत्रीलाई प्रमाणपत्रबाट सम्मान ग¥यो भने स्थानीय सहभागीहरूले प्रशंसा गरेका थिए ।