लण्डन । यूरोपभरिका महिलाहरुका स्वास्थ्यबारे पछिल्लो अनुसन्धानको तथ्याङ्कले धेरै रक्सी पिउने तथा खराब डाइटका कारण बेलायती महिलाहरुलाई बढी क्यान्सर हुने खतरा दर्शाएको छ । अनुसन्धानकर्ताहरुका अनुसार बेलायती महिलाहरुका जीवन निर्वाह गर्ने अश्वस्थ शैली तथा मोटोपनको कारणले गर्दा कैयौलाई क्यान्सर रोग जस्ता घातक रोगहुने जोखिममा परेका छन् भन्ने जानकारी सम्प्रेषण गरेको छ । युरोपका अन्यराष्ट्रहरुका तुलनामा बेलायती महिलाहरुमा ७५वर्षको उमेर पुगुन्जेल १७ प्रतिशत बढी क्यान्सर लाग्ने सम्भावना देखिएकोछ । वर्ल्ड क्यान्सर रिसर्च फण्डका अनुसन्धानकर्ताहरुले दर्शाएअनुसार बेलायतका महिला क्यान्सर रोगीहरु यस रोगबाट अरु यूरोपेली राष्ट्रको तुलनामा १३ प्रतिशत बढी मृत्यु हुने गर्दछन् । वर्ल्ड क्यान्सर रिसर्च फण्डका डाक्टर राचेल थम्पसनले … स्वास्थ्यको निमित्त हामीले अहिले चुनौती सामना गर्नु परेको छ किनभने राष्ट्रिय हिसाबमा महिलाहरुले रक्सी सेवन गर्ने कुरा र मोटोपनको कहालीलाग्दो संख्या बढ्दै गइरहेको अवस्थामा यो नियन्त्रण बाहिर जानुअघि नै यसलाई काबुमा ल्याउनुपर्ने आजको खाँचो हो… भनेर उद्धृत गरेका छन् ।
वर्ल्ड क्यान्सर रिसर्च फण्डले एक वर्षभित्र अस्सी हजार क्यान्सरका रोगीहरुलाई रोग लाग्नुबाट बचाउनकालागि यदि रक्सी कम पिउने र स्वास्थ्यप्रति सतर्क रही आफ्नो तौल नियन्त्रण गर्न सकेमा क्यान्सर रोगबाट बचाउन सकिन्छ भनेको छ । अध्ययनले प्राप्त गरेको तथ्याङ्ककअनुसार ३३ प्रतिशत महिलाहरुमा अयसोफागुस (खाना खाएपछि मुखबाट पकास्थलीसम्म पुग्ने नली) मा हुने क्यान्सर मोटोपनसँग सम्बन्धित रहेको बताएको छ । त्यस्तै १९ प्रतिशत क्यान्सर पाचक थैलीमा, २१ प्रतिशत क्यान्सर पित्त थैलीमा, १६ प्रतिशत छातीमा र २८ प्रतिशतचाँहि गर्भाशयसँग सम्बन्धित क्यान्सर रहेका बुझिएको छ । डाक्टर थम्पसनले औसत बेलायती महिलाहरुले यूरोपेली राष्ट्रहरुका महिलाहरुका तुलनामा बढी रक्सी पिउने गर्छन् र मोटोपनको शिकार हुने गर्छन् । यिनै दुइटा कारणले गर्दा क्यान्सर हुने खतरा अरु राष्ट्रको तुलनामा बढी रहेको भनेर प्रकाश पारेका छन् ।
छातीको क्यान्सर प्राय सबै महिलालाई हुने क्यान्सर हो । प्रत्येक १०जनामा चारजनालाई ब्रेस्ट क्यान्सर हुने गर्दछ । यसको रोकथामका लागि जिउने जीवनशैलीलाई परिवर्तन गरे रोक्न सकिने विचार डाक्टर थम्पसनले प्रकट गरेका छन् । बेलायती महिलाहरुका तुलनामा एउटा सकारात्म कुरा बेलायती पुरुषहरुमा अन्य राष्ट्रको तुलनामा क्यान्सर कम हुने गरेको तथ्या पत्ता लागेको छ । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया