लण्डन । एकजना मुटु रोगीलाई पहिलोचोटि बेलायतमा पूर्ण रुपले कृतिम मुटु प्रत्यारोपन गरेको समाचार प्रकाशमा आएको छ । मेथ्यु ग्रीन नाम गरेका व्यक्ति धेरै दिनदेखि सिकिस्त बिमारी थिए । उनका मुटुको दुइटा कोष्ठहरु पूर्णतया क्षति भएका थिए । तर, अन्तिम समयमा क्याम्ब्रिज नजिकैको पापओर्थ अस्पतालमा यो चामत्कारिक अपरेशन सफलतापूर्वक सम्पन्न गरेपछि उनी अस्पतालबाट घरमा परिवारसँग जाने तैयारी गरिरहेका छन् ।
यस्ताखाले अपरेशन अमेरिका र युरोपका केही भागहरुमा पहिले नै सफलतापूर्वक गरिएका छन् । अब बिमारीहरुले भविष्यमा धेरै कुर्नु नपर्ने जानकारी सम्बन्धित निकायले जनाएको छ । अपरेशन सफलतापूर्वक भएपछि मेथ्यु ग्रिनले …. दुई वर्षअघि म सधै ९ माइलको दूरी साइकिलमा तय गरेर काममा आउने जाने गर्थे, तर, म अस्पतालमा भर्ना हुने बेलामा केही कदम परसम्म हिड्नका लागि अत्यन्त कठिन हुन्थ्यो, अब घर जाने कुराले म उत्तेजित र खुशी छु अबदेखि सधै झै म आफ्नो दिनचर्या गर्न सक्नेछु ..गार्डेनमा छोरासँग खेल्न सक्नेछु र परिवारका लागि खाना बनाउन सक्नेछु … भनेका थिए । उनले अघि… म पापओर्थ अस्पतालका सबै कर्मचारीहरुलाई धन्यवाद टक्र्याउन चाहान्छु ..उहाँहरुको राम्रो हेरचाहले गर्दा आज म घर फर्केर परिवार भेट्ने ठूलो अवसर प्राप्त गरेँ ….भनेका थिए ।
गत महिना ६ घण्टा लामो अपरेशनबाट सर्जनहरुले ग्रीनको मुटु निकालेर अर्को कृतिम मुटु प्रत्यारोपन गरेका थिए, जसबाट उनका हृदयको भल्ब र भेन्ट्रिकल्सहरु -मुटुका कोष्ठ र कोषिकाहरु) सुचारु रुपमा क्रियाशील रहनेछ । प्रत्यारोपन गरेको मुटुले लगातार साढे नौ लिटर रक्त प्रवाह गर्ने क्षमता रहन्छ र कुनै हृदय विकार हुने लक्षणलाई निर्मुल पार्दछ । यो कृतिम मुटुलाई एउटा “फ्रिडम पोर्टेबल ड्राइभर” काँधको भागमा जडान गरेर नियन्त्रन गर्ने गर्दछ । पेरिसबाट तालिम प्राप्त गरेका कार्डियोथोरासिस कन्सल्ट्यान्ट र्सजन तथा निर्देशक स्टेभेन चुईले लतिफ अरुसोग्लुका सहयोगमा कृतिम मुटु प्रत्यारोपन गर्ने समूहलाई नेतृत्व गरेर अपरेशन सफल पारेका थिए । श्रोत – टेलिग्राफ, सुमल, मेस ।
प्रतिक्रिया