बच्चाको बुवा पहिल्याउन आमा संघर्षरत

बच्चाको बुवा पहिल्याउन आमा संघर्षरत


लण्डन । उत्तरी लण्डनकी एकजना आमाले आफ्नो छोरा जन्माउने क्रममा वीर्य अनुदान गरेका व्यक्ति पहिल्याउने कोशिस गरिरहेकी छिन् । त्यस महिलालाई बेलायतका सम्बन्धित चिकित्सा क्षेत्रका व्यक्तिहरुले तिनका ६ वर्षीय छोराको बुवा पहिल्याउन कहिल्यै नसकिने कुरा बताएका छन् किनभने बच्चाको भ्रूण विकासको प्रक्रिया स्पेनको एउटा क्लिनिकमा भएको थियो । यो आफैमा विरलै घट्ने प्रक्रिया मध्येको एउटा थियो भनेर यस क्षेत्रका विज्ञहरुले आईभीएफ (इन भिट्रो फर्टिलाइजेशन अर्थात् पेट्रिडिशमा कृतिम प्रजनन प्रक्रियाबाट भ्रूण विकास गरी गर्भाशयमा स्थापित गर्ने) पद्धतिद्वारा विदेशबाट बच्चा जन्माउनेहरुहरुका लागि बुवा पहिल्याउन असहज हुने कुरा भनेका छन् । प्रजनन् उपचारका लागि अरु देशमा गरिने उपचार अन्तर्गतका हालको बेलायती कानूनलाई फेरि नवीकरण गर्नुपर्ने आवश्यकता रहेको छ भनेर सम्बन्धित विभागले जनाएको छ ।
बेलायतको नियमअनुसार वीर्य सापटी अथवा अनुदानद्वारा आईभीएफ बच्चा प्रजनन् पद्धतिबाट जन्मेका बच्चाहरुका असली बुवाका नाम, ठेगाना उनीहरु जब १८ वर्षका हुन्छन् त्यतिबेला उनीहरुले प्राप्त गर्न सक्ने प्रावधान रहेको छ । हाल बेलायतको प्रचलित कानूनअनुसार बेलायतमा यस पद्धतिबाट जन्मेका बच्चाहरुका सम्बन्धित विवरणहरु हृयूम्यन फर्टिलाइजेशन एण्ड एम्ब्रिओलोजी अथोरिटी (एचएर्फइए) ले राख्दछ । तर, एचएर्फइएका अनुसार यस कानूनको प्रयोग क्षीण भएको बताउँछ । यस घटनासँग सम्बन्धित बच्चाकी आमा यहुदी हुन् र वीर्य अनुदान गर्ने व्यक्ति पनि यहुदी नै थिए जसले लण्डन वूमन्स क्लिनिकमा वीर्य अनुदान गरेका थिए । तर, क्लिनिकमा कुनै अनुदान गरिएका डिम्ब त्यतिबेला नरहेको कारण महिलाले वीर्यलाई स्पेनको मारबेलामा पठाएकी थिईन्, जहाँ उनको छोरा सन् २००५मा उनले गर्भधारण गरेकी थिईन् । यसको मतलब एचएर्फइएसँग वीर्य अनुदानकर्ताका विवरण नरहेको बताएको छ । एउटा वक्तव्यमा महिलाले आफुले हृदयदेखि नै बच्चाको बुवालाई अझ भेट्ने इच्छा राखेकी कुरा भनेकी थिईन् । उनले आफ्नो भनाई राख्ने क्रममा ….म आशा गर्छु, एकदिन मलाई यति राम्रो अनौठो बच्चा जसले सबैलाई खुशी बनाउँछ, यस्तो बच्चा दिलाउने व्यक्तिलाई धन्यवाद दिनेछु र यही बच्चाको माध्यमबाट उनलाई पहिल्याउनेछु … भनेकी थिईन् । श्रोत – इभिनिङ स्टाण्डर्ड, सुमल, मेस ।