ढोर फिरफिरे समाज, यूकेको भेला

ढोर फिरफिरे समाज, यूकेको भेला


अल्डरसट / ढोर फिर फिरे समाज यूकेले ३१ जुलाई आइतबारका दिन अल्डरसटस्थित कन्नाट स्कूलमा वाषिर्क भेटघाट तथा शुभकामना आदानप्रदानको कार्यक्रमको आयोजना गरेको थियो र यूकेको जटिलतालाई मध्यनजर गर्दै यसै भेटघाटको मौका पारेर नयाँ कार्य समिति चयन पनि गरेको थियो ।

दुई चरणले आयोजित सो कार्यक्रमको पहिलो चरणको कार्यक्रममा समाजका वयोवृद्ध असी वर्षीय दलबहादुर गुरुङको सभापतित्वमा सल्लाहकारहरु टीयूका प्रोफेसर नारान गुरुङ, क्याप्टेन मेख गुरुङ, पूर्ण बहादुर गुरुङ, रेशमलाल गुरुङको सहमतिले १३ सदस्यीय कार्य समिति तयार बनेको छ, जसमा अध्यक्ष ओम गुरुङ, उपाध्यक्ष केशरजंग गुरुङ, सचिव हुतमान गुरुङ, उपसचिव मेख गुरुङ, कोषाध्यक्षमा मिन राना र उपाकोषाध्यक्षमा लेख गुरुङ छन् । पहिलो चरणको कार्यक्रममा सल्लाहकार पूर्णबहादुर गुरुङले सञ्चालन गरेका थिए भने दोस्रो चरणको कार्यक्रम उपसचिव मेख गुरुङले सञ्चालन गरेका थिए जसमा प्रोफेसर नारान गुरुङलगायतका विभिन्न वक्ताहरुले आआफ्ना मन्तव्यहरु राखेका थिए । मन्तव्यका क्रममा तनहुँ जिल्ला र सो जिल्लाअन्तर्गतको फिरफिरे गाविसका बारेमा निक्कै चर्चा गरिएका थिए । आफ्ना गाउँठाउँका साथीभाइहरु, छरछिमेकहरुको एक प्रकारले वर्षको एक पटक हुने यो भेलालाई पारिवारिक भेला भनिएको थियो ।

कार्यक्रमको अन्त्यमा विविध साँस्कृतिक कार्यक्रमहरु गरेर सहभागीहरुलाई मनोरञजन प्रदान गरिएको थियो ।

-तस्वीरसहित याम, मेस

वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।