लण्डन । सडक मूल्यमा ३०० मिलियन पाउण्ड रकम पर्ने हालसम्म पक्रेका सबैभन्दा बढी मात्रको कोकेन (लागू पदार्थ) एउटा लक्जरी (सुविधा सम्पन्न) इन्जिनबाट चल्ने सानो क्रुज जहाजबाट पक्राउ गरेको समाचार हिजो थाहा लागेको थियो । ६ दिनसम्मको लगातार छानबिनमा विज्ञहरुले लगभग एक दशमलव दुई टन बराबरको नब्बे प्रतिशत शुद्ध कोकेन जहाजको गोप्य कम्पार्टमेन्टमा राखेको पत्ता लगाएका थिए । यति ठूलो मात्राको वर्ग “क”मा पर्ने लागू पदार्थ बेलायतकै हालसम्मको सबैभन्दा ठूलो लागू पदार्थ पक्राउ मानिएको छ । पक्राउ गरिएको लागू पदार्थ एकपल्टमा सात मिलियनसम्मको सडक व्यापार र बेलायतको वाषिर्क अवैध लागू पदार्थ बजारको तीनभाग मध्येको परिमाण मानिएको छ ।
गत वर्ष जुन महिनामा साउथहाम्पटनको डकयार्डमा यो लागू पदार्थ पक्राउ गरिएको थियो, तर, हिजोमात्र डच प्रहरीहरुले यस अवैध कारोबार गर्ने ग्याङका ६ जना अपराधीहरुलाई गिरफ्तार गरेपछि मात्र सञ्चार माध्यममार्फत यस घटनालाई प्रकाश पारेका छन् । यूके बोर्डर फोर्सका ब्रोडी क्लार्कले …. यो हाम्रो रेकर्डमा रहेको सबैभन्दा अहिलेसम्मको ठूलो रेकर्ड हो, यो खतरनाक अपराधको संज्ञा हो … भनेका छन् । यूके बोर्डर एजेन्सीका अनुसार जहाजभित्र लागू पदार्थ एकदमै थाहा नलाग्ने गरी लुकाएको बताएको छ । जम्मा चार क्यूबिक मिटरको ठाउँ ओगट्ने गरी डाइभिङ प्लेटफर्ममुनि भारीमात्राको कोकेन लुकाएका थिए । त्यहाँ जानको लागि इन्जिनरुम भएर मात्र पस्न सक्ने थियो भनेर यूके बोर्डर एजेन्सीका प्रवक्ताले समाचारदाताहरुलाई भनेका थिए । लागूपदार्थ लुइज नामक सानो जहाज क्यारिबियानतर्फ लाग्नु अघि भेनेजुएलामा माल राखिएको थियो । २० मिटर लामो यो सानो जहाजलाई ठूलो कार्गोशिपमा (मालवाहक जहाज) चढाएर होल्याण्डका लागि रवाना गरिएको थियो । तर, जुन महिनामा कार्गो जहाजभित्र राखेका सानो जहाजलाई पक्राउ गरिएको थियो । सानो जहाजको खानतलाशी लिँदा कोक्याइनको साथ-साथ ८७,३०० पाउण्ड पर्ने दुइटा हार्ली डेभिड्सन मोटरसाइकिलहरु, २ वटा बन्दुकहरु र साइलेन्सर पनि पक्रेका थिए । ६ जना डचवासीहरुलाई मंगलवारको दिनमा ६० वर्षीय त्यही सानो जहाजका मालिक र उनका तीनजना छोराहरु क्रमशः २७, ३२ र ३४ लाई पक्राउ गरेका छन् । तिनीहरुसँगै यस घट्नामा संलग्न अरु थप २जना ४४ वर्षीय अपराधीहरुलाई पनि पक्राउ गरेका छन् । यसभन्दा अघिको बेलायतका सबैभन्दा बढी परिमाणमा पक्राउ गरिएका लागू पदार्थ २५० मिलियन बराबरको थियो । श्रोत – मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया