अब कृतिम शुक्रकिटको निर्माण ?

अब कृतिम शुक्रकिटको निर्माण ?


लण्डन । वैज्ञानिकहरुले पहिलोचोटि स्टेमसेलहरुबाट कृतिम वीर्य निर्माण गर्न सफल भएको समाचार प्राप्त भएको छ । यसबाट अब प्रजनन क्षमता नभएका पुरुषहरुले नयाँ उपचारबाट लाभ उठाउन सक्नेछन् । द डेली टेलिग्राफले प्रकाशित गरेको समाचारमा क्योटो युनिभर्सिटी जापानका एउटा चिकित्सकहरुका समूहले एउटा लेबोरेटरीमा जर्मसेलहरुबाट कृतिम वीर्यको निर्माण गरेर प्रजनन् ह्रास भएका मुसाहरुमा प्रयोग गरिएको कुरा उल्लेख गरेको छ । ती मुसाहरुबाट पछि स्वास्थ्य बच्चाहरु जन्मेका थिए । वैज्ञानिकहरुका अनुसार यदि यही प्रक्रियालाई मान्छेमा प्रयोग गरेर सफलता हासिल गरे हजारौ प्रजनन क्षमता नभएका पुरुषहरु पनि बुवा बन्न सफल हुनेछन् भनेका छन् । वास्तवमा ती वैज्ञानिकहरुले मुसाको एम्ब्रियोलाई जर्मसेलमा परिवर्तन गर्नका लागि स्टेमसेल पद्धति प्रयोग गरेका थिए जुनचाँहि मान्छेको लागि पनि प्रयोग गर्न सकिने कुरा बताएका छन् ।
वैज्ञानिकहरुले प्रजनन क्षमता नभएका मुसाको अण्डकोषमा निर्माण भइसकेको कृतिम वीर्य प्रत्यारोपन गरेपछि उनीहरुले मुसाको वीर्य अरु साधारण वीर्यसरह देखिएको थियो । डाक्टर कात्सुहिको हयासीले नेतृत्व गरेका समूहले मुसाको डिम्बमा निर्माण भइसकेको वीर्यलाई सुइको माध्यमबाट वीर्यको समीकरण गरिएको थियो । वीर्य मिसाइसकेपछि डिम्बलाई मुसीको गर्भमा स्थापित गरेका थिए । मुसीबाट स्वास्थ्य बच्चाहरु जन्मेका थिए । जन्मेका बच्चाहरुबाट कुनै उपचार र नयाँ पद्धति नअपनाई प्राकृतिक तवरमा बच्चाहरु पैदा गराउन भएका थिए । यसभन्दा पहिलेका स्टेमसेल प्रयोग गरेर निर्माण गरेका कृतिम वीर्य सफल हुन सकेको थिएन, जन्मिएका बच्चाहरु अस्वस्थ्य र केही समयपछि मरेका थिए । श्रोत – नेट, सुमल, मेस ।