दुई वर्षमा धुर्कोट खरको छानारहित हुने !

दुई वर्षमा धुर्कोट खरको छानारहित हुने !


गुल्मीको धुर्कोट गाउँपालिका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखले आफ्नो पहिलो निर्णयको रूपमा दुई वर्षभित्र धुर्कोट गाउँपालिकाभित्र खरले छाएको घर देख्न नपर्ने घोषणा गरेका छन् । धुर्कोट गाउँपालिकामा पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै नयाँ निर्वाचित समितिले उक्त निर्णय गरेको हो ।
गाउँपालिकामा अध्यक्ष भुपाल पोखरेलले १५ दिनभित्र सबै वडाको तथ्याक संकलन गरेर काम अघि बढाउने बताए । वृद्ध भत्ता, एकल महिला भत्ता, अपाङ्ग भत्तालगायतका सामाजिक सुरक्षा भत्ता दिने हो भने महिनाभर कमसेकम ती वर्गलाई पुग्ने गरी दिनु पर्दछ भन्दै उनले यसबारे अर्काे वैठकमा छलफल गरेर निर्णय लिइने जानकारी दिए ।

पहिलो बैठकले प्रविधियुक्त आधुनिक र व्यवसायिक कृषि प्रणाली अवलम्बन गरेर जनताको जीवनस्तर उकास्ने, वैदेशिक रोजगारमा जानबाट रोक्ने, त्यहाँको शिक्षा, स्वास्थ्य, मोटरबाटो, खानेपानी र विद्युतीकरणको समस्या समधानका लागि आफुहरुले काम सुरु गरीहाल्ने बताए । त्यस्तै, उपप्रमुख शिवबहादुर खत्रीले धुर्कोटवासी जनताका लागि आफुहरू निःस्वार्थ सेवक भएर जन अपेक्षाअनुसारको सेवा दिने र पाँच वर्षमा धुर्कोटलाई नमुना गाउँपालिकाका रुपमा विकसित गर्ने बताए ।

गुल्मीका अन्य क्षेत्रमा विद्युत सेवा पुगे पनि क्षेत्र नम्वर ३ को हाडहाडे लगायतका स्थानमा अहिले पनि विद्युत बल्न नसकेको, वाग्ला लगायतका स्थानमा मोटर बाटो विद्युत र खानेपानीको हविगत देखेर आफुहरू गम्भीर भएको र ती समस्या समधानमा इमानदारीपूर्वक लाग्ने उनको प्रतिबद्धता थियो् । कार्यक्रमा पुर्वसांसद रुद्रमणि शर्मा भण्डारीले सवैलाई समेटेर अहिलेको युवा टिमले जनअपेक्षाअनुसारको काम गर्ने विश्वास व्यक्ति गरेका थिए । पदभार ग्रहण कार्यक्रम धुर्कोट गाउँपालिका प्रमुख होमनाथ काफ्लेको अध्यतामा सम्पन्न भएको थियो ।

– चन्द्रकान्त खनाल