लण्डन, वूडग्रीन । गत हप्ता पुलिसबाट गोलीबाट मारिएका चार सन्तानका बाबु २९ वर्षीय मार्क डुग्गानको मृत्युको विरोधमा हिजो आइतबार आयोजना गरिएको विरोध जुलुशको आखिरीमा अराजकताको चरमपनले गर्दा उत्तर लण्डनस्थित टोठनहामको हाइस्ट्रिटवरपरका कैंयौ पशलहहरु लुटिनुका साथै ध्वस्त बनाइएको छ भने दर्जनौं मानिसहरुका साथै पुलिसहरु घाइते भएका छन् भने ४२ जना पुलिसद्वारा समातिएका छन् । लण्डनमा खासगरी राम्रो स्थानको रुपमा नहेरिने टोठनहाम यस घटनापछि निक्कै नै मर्माहत भएको बताइएको छ ।
टोठनहामवरपर ठूलो परिणाममा काला जातिहरुको बसोबास छ, त्यसमा पनि ज्यादाजसो ती समुदायहरु घानियनमूलका छन्, त्यसैले विश्व कप फुटबलको समयमा उक्त क्षेत्र घानाको सपोर्टमा ठप्प नै हुने गर्दछ । हरेक परिप्रेक्ष्यमा केन्द्रविन्दुको रुपमा रहेको टोटनहाममा गरीवी तथा बेरोजगारी चरममा रहेको छ । ह्याारिंग्ये काउन्सिलअन्तर्गत रहेको टोटनहाम कहिलेकाहिँ सम्हालिनसक्ने प्रकारले पनि प्रशासकीय दृष्टिमा हेरिने गरिएको छ ।
साधारणतया स्थानीय नजरमा गैंगस्टरको रुपमा मानिएका २९ वर्षिय मार्क डुग्गानलाई चारैतिरबाट घेराबन्दी गरी पुलिसबाट गोली हानिएको थियो । लगातार चारवटा गोली चलेको आवाज आएको भनिएको र मार्कसँग एक पेस्तोल पनि रहेको पनि बताइएको भए तापनि पुलिसबाट सटगनको प्रयोग गरी कारभित्र भएका मार्कलाई घटनास्थलमा नै मारिएको भन्ने समाचार पत्रपत्रिकामा छापिएपछि पुलिस कमिशनबाट स्वतन्त्र पुलिस अनुसन्धान गरिने बताइएको थियो । त्यसको चरममा हिजो शान्तिपूर्ण विरोध जुलुश
निकालिएको थियो । तर विरोध जुलुशकै क्रमिकतामा नै केही अराजक युवाहरुको झुण्डले ढुंगाहरु, पेट्रोल बम्बहरु नजिकैका पशलहरुलगायत बस, कार अनि पुलिस मोटरहरुमा आक्रमण गरी आगो लगाएका थिए । त्यो क्रममा लाखौं पाउण्ड बराबारको धनमानको क्षति भएको छ ।
प्रत्यक्ष्यदर्शीका अनुसार, केही पारिवारिक व्यक्तित्वहरुलगायत युवाहरुले कारमा लूटको सामान कोचेर लगेका थिए भने बैंकको क्यास मेशिन टोडेर पैसा पनि लगिएको थियो । टोटनहाममा दर्केको सो अराजकता यता वूडग्रीनको केही पशल र पव पनि लुटिनुका साथै टोडफोडमा परेको थियो ।
-नीर, वूडग्रीन, लण्डन
प्रतिक्रिया