काठमाडौंका गरिबलाई साझा बसमा निःशूल्क यात्रा

काठमाडौंका गरिबलाई साझा बसमा निःशूल्क यात्रा


काठमाडौं महानगरपालिकाले गरिब परिवारको पहिचान गरी परिचयपत्र बाँड्ने महत्वकांक्षि योजना सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंका गरिब घर परिवारको पहिचान गरि उनीहरुलाई परिचय पत्र दिईने योजना सार्वजनिक गर्नुभएको हो ।
गरिब पहिचान गरेर परिचयत्रपत्र दिने र उनीहरुलाई साझा बसमा निःशूल्क यात्रा गर्न पाउने व्यवस्था मिलाइने महानगरको नीति तथा कार्यक्रममा नै उल्लेख छ ।गरिब तथा सीमान्त परिवारका लागि विशेष सुविधाहरु पनि उपलब्ध गराइने मेयर शाक्यले बताउनु भएको छ ।