लण्डन । अगष्ट २६, २७ र २८ तारिखका दिन लण्डनमा हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको दोश्रो अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको समाचार सम्मेलनको मूल संयोजक जया राईले बताएकिछिन् । उक्त सम्मेलनलाई प्रमुख अतिथिका रुपमा साहित्यकार पवन चामलिंग (भारतका चिफ मिनिस्टर)ले सम्बोधन गर्नेछन् भने बिशेष अतिथि बेलायतका लागि नेपाली राजदूत महामहिम डा। सुरेशचन्द्र चालिसे र अतिथिमा प्राज्ञ सभा सदस्य रमेश श्रेष्ठ, डा कुसुमाकर न्यौपाने (नेपाल), विश्व बिमोहन श्रेष्ठ (नेपाल), डा गोबिन्द भट्टराई (नेपाल), डा सुष्मा आचार्य (नेपाल), प्रा माइकल हट (बेलायत), प्रदीप नेपाल (नेपाल) रहने भएका छन् ।
अनेसासका बोर्ड अफ ट्रष्टी होम नाथ सुबेदी (अमेरिका), केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदाल (अमेरिका), केन्द्रीय बरिष्ठ उपाध्यक्ष कृष्ण बजगाई ९बेल्जियम०, केन्द्रिय महासचिव गीता खत्री, राधेश्याम लेकाली अध्यक्ष, (नेपाल च्याप्टर), केन्द्रिय सचिब हरि मानन्धर (ईजरायल), भुवनेश्वर शर्मा अध्यक्ष (अष्ट्रेलिया च्याप्टर), पत्रकार डम्बर गिरी (नेपाल), गोपी कृष्ण काफ्ले (क्यानाडा), शर्मिला खड्का (नेपाल), रमेश पौडेल (रेडियो नेपाल), सुकन्या वाइबा (नेपाल), युबराज नयाँघरे (नेपाल), टंक उप्रेती (नेपाल), हरिहर अर्याल (फ्रान्स)ले सम्मेलनमा सहभागिता राख्नेछन् ।
२६ का दिन स्वागत कार्यक्रम थेम्स एकाडेमी, ईलिंग, २७ तारिखका दिन ह्यारोबरो फुटबल क्लबको हलमा र २८ तारिखका दिन थेम्स एकाडेमीमा नै हुने व्यहोरा जानकारी गराइएको छ । पाहुनाहरुलाई लन्च, डिनर, र हल्का पेयको लागि महन्त श्रेष्ठ, कुल आचार्य, माधव श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, र उमेश रेग्मीले प्रायोजन गरी यस भाषा र साहित्यको पूनित कार्यलाई टेवा प्रदान गरेकाछन् । देश विदेशबाट विभिन्न साहित्यप्रेमीहरुले आर्थिक सहयोग जुटाएर हाम्रो मनोबल उच्च बनाइदिनुभएकोछ भन्दै सबै सहयोगदाताहरुलाई धन्यबाद दिंदै संयोजक राईले यस विश्वब्यापी सम्मेलनमा सम्पूर्ण साहित्यकारहरु तथा साहित्यप्रेमीहरुलाई २७ तारिखको मूल कार्यक्रममा निम्ता पनि गरेकिछिन् ।-रुपक
प्रतिक्रिया