मुस्कानसहितको सेवा दिन्छु : प्रधानन्यायाधीश

मुस्कानसहितको सेवा दिन्छु : प्रधानन्यायाधीश


सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा गोपाल पराजुलीले मुस्कान सहितको सेवा दिने बताउनुभएको छ । आइतबार संसदीय सुनवाई विशेष समितिले बोलाएको बैठकमा सदस्यहरुले उठाएको उत्तर दिनेक्रममा उहाँले सो कुरा बताउनुभएको हो । समितिको आइतबार बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश पराजुलीको सुनुवाई पछि उनको नाम सर्वसम्मत स्वीकृत गरेको थियो ।

प्रधानन्यायाधीश पराजुलीले समिति सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । पराजुलीले पद्दती र प्रणालीका आधारमा सर्वोच्च अदालत संचालन गर्ने बताए । पराजुलीले भने, ‘प्रधानन्यायाधीश पद स्थापित पद्दती र प्रणालीका आधारमा चल्ने हो कुनै बहादुरी र हिरोइज्म देखाउने पद हैन ।’
उनले आफुले पद्दती र प्रणालीमा बसेर काम गर्ने प्रतिवद्धता पनि जनाए ।

पराजुलीले न्याय क्षेत्रमा ३९ बुँदे सुधारका कार्यक्रम प्रस्तुत गरेका उनले न्यायालयभित्र मुस्कानसहितको सेवा सुरु गर्ने बताए । हाकिम र कर्मचारी र सेवाग्राहीबीच सुमधुर सम्बन्ध स्थापित गर्न यो सेवाले काम गर्ने उनको भनाइ थियो । सर्वसाधारण नागरिकको न्यायमा पहुँच पुर्याउने योजना पनि उनले सुनाए ।