देशभर स्मार्ट लाइसेन्सको आवेदन खुला

देशभर स्मार्ट लाइसेन्सको आवेदन खुला


यातायात ब्यवस्था विभागले आइतबारदेखि देशभर नै स्मार्ट लाइसेन्सको आवेदन खुला गरेको । विभागका १४ वटै अञ्चल कार्यालयहरुले लाइसेन्सको आवेदन खुलाएका हुन् । अब पेपर प्रिन्ट प्रविधिको लाइसेन्सको वितरण रोक्ने घोषणा गर्दै देशभर नै स्मार्ट लाइसेन्सको वितरणको प्रक्रिया सुरु गरिएको विभागले जनाएको छ ।
‘अब पेपर प्रिन्ट लाइसेन्सको युग सकियो, अब सबै प्रयोजनमा स्मार्ट लाइसेन्स नै प्रयोग हुन्छ, नयाँ लाइसेन्स र नवीकारण्को लागि अब देशभर नै स्मार्ट लाइसेन्स जारी हुने विभागको भनाई रहेको छ । यसैगरी आइतबारबाट सवारीका लागि नयाँ रुट इजाजतको प्रक्रिया पनि थालिएको छ । कायम भएका रुटमा अनुमति माग्ने नयाँ सवारीलाई अब विभागले प्रक्रिया पुर्‍याएर इजाजत दिने भएको छ ।