विष्टलाई लामाको चुनौती : ‘कुरो धेरै भो, काम गरेर देखाउ’

विष्टलाई लामाको चुनौती : ‘कुरो धेरै भो, काम गरेर देखाउ’


राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केसवकुमार विष्टलाई राखेपका पूर्व सदस्यसचिव युवराज लामाले चुनौती दिएका छन् । लामाले सदस्यसचिव विष्टलाई ‘कुरो धेरै भो, काम गरेर देखाउ’ भनेर चुनौती दिएका हुन् ।

हालै विष्टले तेक्वान्दो र कराते नेपालको नम्बर एक खेल भएको स्मरण गराउँदै तेक्वान्दो र करातेलाई जडसुत्रवादले गाँजेको बताएका थिए । साथै विष्टले संघमा विकराल रूपमा बढदै गएको ठेकदारी प्रथाबाट संघलाई मुक्त गर्दै ठेकेदारहरुलाई पाखा लगाउने दाबी समेत गरेका थिए ।

यतिबेला नेपालमा तेक्वान्दोका दुईवटा संघ ‘नेपाल तेक्वान्दो संघ’ र ‘राष्ट्रिय तेक्वान्दो संघ–नेपाल’ अस्तित्वमा छन् । दुवै संघलाई राष्ट्रिय खेलकुद परिषदले समान हैसियतका साथ मान्यता दिएको छ । त्यस्तै, करातेका पनि दुईवटा संघ छन् । एउटा राष्ट्रिय मान्यता प्राप्त कराते महासंघ छ भने अर्को अन्तर्राष्ट्रिय मान्यता प्राप्त । राष्ट्रिय मान्यता प्राप्त कराते राखेपको मार्गनिर्देशनमा चलेको छ भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त अवैधानिक ओलम्पिक कमिटीका अध्यक्ष जीवनरामको इसारामा चलेको छ ।

यस्तो अवस्थामा सदस्यसचिव विष्टले दुवै संघ (तेक्वान्दो र कराते)लाई एउटै संघ बनाएर विवाद समाप्त गर्ने घोषणा गरेपछि पूर्व सदस्यसचिव लामाले ‘कुरो धेरै भो, काम गरेर देखाउ’ भनी चुनौती दिएका हुन् । लामाको चुनौतीलाई विष्टले कसरी आत्मसात गर्छन्, प्रतीक्षाको विषय भएको छ ।