अल्डरसट, यूके/गुल्मी समाज यूकेले गत ७ तारिखका दिन ओकफार्म कम्युनिटी स्कूलमा आफ्नो एक वार्षिक भेटघाट तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा गुल्मीबासीहरुको ठूलो समूहहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि राजदूत डा. सुरेशचन्द्र चालिसे र विशेष अतिथि एनआरएन यूकेका अध्यक्ष सूर्य गुरुङलगायत अतिथिहरुमा अन्य संघसंस्थाका प्रतिनिधिहरु तथा अध्यक्षहरु रहेका थिए । गोकूल न्यौपाने, विनोद ज्ञजाली, सीता खरेल, र साथीहरु मिलेर गाइएको स्वागत गीतलाई कार्यक्रमका सहभागीहरुले विशेष मन पराएका थिए ।
आगामी डिसेम्बर ४ तारिखका दिन गुल्मी समाजबाट आयोजना हुने च्यारिटि सो,नेपालका अपांगहरुको सहयोगका लागि हुने भएको बताइएको छ । गत वर्ष गुल्मी जिल्लामा रहेका अपांगहरुका लागि सहयोग गर्ने गरिएको मा योपालिबाट सारा नेपालका अपांगहरुका लागि सहयोग जुटाउने लक्ष्य राखिएको छ । गुल्मी समाज यूके, वास्तवमा नेपाली जातीय नभई, नेपाली भाइचाराको अदभूत उदाहरण देखाउने उत्कृष्ठ संस्था हो । यहाँ यतिखेर विविध जातीय, धार्मिक, स्थान अनि गाउँ तथा टोल विशेष संस्थाहरु खुल्ने क्रम रहेकोमा यस गुल्मी समाजले आफ्नो छुट्टै अनि समावेशी संरचनाले गर्दा आफूलाई अव्वल रुपमा समाजमा देखाउन सफल भएको छ । कार्यक्रममा त्यसै भनाइलाई बुझाउने गरी प्रमुसख अतिथि राजदूतले आफ्नो मन्तव्य राखेका थिए भने उनलाई अन्य वक्ताहरुले पनि पछ्याएका थिए ।
विगत केही समयअगाडि देखि नेपाली नौमती बाजालाई सम्वर्द्धन गर्ने प्रयासमा प्रयासरत गुल्मेलीहरुका एक समूहले नौमती बाजा जोडतोडमा साथ बजाएका थिए जसमा बेल्जियमबाट आएका लोकगायक बलराम पुनका लोकगीतहरु र नौमती बाजाले उपस्थित सबैलाई झुम्न बाध्य बनाएको थियो ।
पानी बेस्करी परिरहेको भए तापनि भलिबलको प्रतिस्पर्धा रहेको थियो जसमा डोभर-एको जीत भएको थियो । उक्त कार्यक्रमको सञ्चालन टुप पलले गरेका थिए भने साँस्कृतिक कार्यक्रमको सञ्चालन ओम गुरुङले गरेका थिए ।
-तस्वीरसहित याम, मेस
Click here to view the album
प्रतिक्रिया