सपथग्रहण गर्दै प्रधानन्यायाधीश

सपथग्रहण गर्दै प्रधानन्यायाधीश


प्रधानन्यायाधीशमा प्रस्तावित गोपाल पराजुलीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दै हुनुहुन्छ । आइतबार उहाँको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको हो । आइतबार बसेको समिति बैठकले पराजुलीको सुनुवाइ लगत्तै नाम सर्वसम्मतले अनुमोदन गरेको हो । पराजुलीविरुद्ध समितिमा कुनै उजुरी परेको थिएन । संसदीय सुनुवाइ भइसकेकाले संवैधानिक परिषद्ले पराजुलीको नाम राष्ट्रपतिसमक्ष पठाइसकेको छ ।

पराजुलीले आज बिहान ११ बजेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशको शपथ लिने र पदभार ग्रहण गर्ने तयारी छ । परिषद्ले पठाएको पत्र प्राप्त भएपछि राष्ट्रपतिले पराजुलीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शपथ खुवाउने संवैधानिक प्रावधान छ । कानुन व्यवसायीका रूपमा लामो समय काम गरेपछि १८ कात्तिक ०४८ देखि पराजुली पुनरावेदन अदालतको न्यायाधीशबाट न्याय सेवामा प्रवेश गर्नुभएको हो । तीन वर्षअघि उहाँ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनु भएको थियो । उहाँ आगामी १६ वैशाखसम्म प्रधानन्यायाधीश रहनुहुनेछ । त्यसपछि भने उहाँले ६५ वर्षे उमेरहदका कारण अवकाश पाउनुहुनेछ ।