काठमाडौं विश्वविद्यालय दोश्रो प्रधानमन्त्री कप विश्व विद्यालय खेलकुदमा टिम च्याम्पियन बनेको छ । साविक विजेता काठमाडौंले ४ स्वर्ण, १ रजत र २ कास्य जित्दै उपाधि रक्षा गरेको हो । तीन खेल भलिबल, ब्याडमिन्टन र टेबलटेनिस समावेस प्रतियोगितामा काठमाडौंले चारै स्वर्ण टेबलटेनिसतर्फ जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।
टेबलटेनिसतर्फ सिंगल्सको छात्रमा करण राई र छात्रामा दीपिका श्रेष्ठले काठमाडौंलाई स्वर्ण दिलाएका थिए । त्यस्तै डबल्सको छात्रमा करण र युगेश राई तथा छात्रामा इशिका रेग्मी र दीपिको जोडीले काठमाडौंका लागि स्वर्ण जितेका थिए । राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा त्रिभूवन विश्वविद्यालय (टीयू) ३ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको पोखरा विश्वविद्यालयले २ स्वर्ण, २ रजत र ३ कांस्य जित्यो ।
तीनदिने प्रतियोगिताको भलिबलमा ८ छात्र टिम सहभागी थिए । ब्याडमिन्टन र टेबलटेनिसको छात्रमा ९ विश्वविद्यालय तथा छात्रामा ७ विश्वविद्यालयबाट समान ४–४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया