सन् २०१७ जुलाई १८ देखि २६ तारीखसम्म जर्मनीको लिपिजमा हुने World Fencing Championship, 2017 मा नेपालको तर्फबाट नेपाल सेनाका फेन्सिङ्ग खेलाडी रमा कुमारी सिंहले सहभागिता जनाउने भएकि छिन् । उक्त प्रतियोगितामा सिंहले महिला तर्फको फोेयल इभेण्टमा प्रतिस्पर्धा गर्ने फेन्सिङ संघले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव श्री केशब कुमार विष्ट र र्कितिपुर नगरपालिका मेयर तथा नेपाल जुडो संघका उपाध्यक्ष श्री रमेश मर्हजनज्यूले संयुक्त रुपमा सहभागी हुने खेलाडी र अफिसियलहरुलाई विधाई गर्नु भई सफलताको शुभकामना दिनुभयो । सो प्रतियोगितमा नेपाल फेन्सिङ्ग संघका अध्यक्ष श्री सुनिल कुमार श्रेष्ठ र सचिव श्री हेल्गा रायमाझी राणा अफिसियलको रुपमा सहभागी हुने छन् ।
प्रतिक्रिया