दक्षिण कोरियामा भएको ११ औं वल्र्ड कल्चरल एक्स्पोमा सिन्धुपुत्र प्रेम भण्डारीले दुई रजत हात पारेका छन् । तेक्वान्दोका ४४ वर्षीय खेलाडी भण्डारीले सिंगल फाइट र पुम्से दुवैबाट रजत पदक पाएका हुन् । सिंगल फाइटमा उनी चाइनिज ताइपेइसँग फाइनलमा बराबरी भएका थिए । त्यस्तै पुम्सेमा फाइनलमा कोरियासँग पराजित भएका हुन् । दक्षिण कोरियाको मुजु सहरमा जुलाई १३ देखि प्रतियोगिता सुरु भएको थियो ।
‘यो पदकले अझै मलाई खेल क्षेत्रमा हौसाएको छ,’ पदक जितेका प्रेमले सोमबार टेलिफोनमा भने, ‘खेल क्षेत्रबाट देशको नाम चिनाउने अभियानबाट म थाक्ने छैन ।’ उनले प्राविधिक कारण अलिकति खेल विग्रँदा आफू स्वर्ण पदकबाट चुकेको बताए । उनकाअनुसार यो खेलले अझै धेरै सिकाएको छ । ‘अर्काेपटक म स्वर्णकै लागि तयारीमा हुनेछु’, उनले भने ।
प्रतियोगितामा भण्डारीले ८० केजी मुनिको तौल समूहमा प्रतिष्पर्धा गरेका थिए । बलेफी गाउँपालिकास्थित फुल्पिङकोटका भण्डारी सिन्धुपाल्चोक तेक्वान्दो कार्य समितिका सचिवसमेत रहेका हुन् ।
– किशोर बुढाथोकी
प्रतिक्रिया