यस्तो बन्दै छ संवैधानिक इजलास

यस्तो बन्दै छ संवैधानिक इजलास


षड्यन्त्रमूलक ढङ्गले रोकिँदै आएको संवैधानिक इजलासको गठन आगामी केही दिनभित्रै हुने भएको छ । प्राप्त जानकारीअनुसार सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले शपथग्रहण गरेलगत्तै संवैधानिक इजलास गठनको प्रक्रिया सुरु गर्ने तत्परता लिनुभएको छ ।

तात्कालिक प्रधानन्यायाधीश सुशीला कार्कीले संवैधानिक इजलास गठन गर्न नचाहनुको विशेष रहस्य थियो । राजनीतिक र संवैधानिक महत्वका मुद्दाहरू संवैधानिक इजलासले हेर्नुपर्ने वैधानिक प्रावधान रहेको, इजलासमा वरिष्ठतम् न्यायाधीशमध्येबाट रहने संवैधानिक व्यवस्था भएको र त्यसो गर्दा आफ्नो चाहनाबमोजिम कुनै पनि निर्णय हुन नसक्ने स्थिति रहेकोले सुशीला कार्कीले संवैधानिक इजलास गठन नगरी आफ्नो मनोमानी किसिमबाट निर्णय सुनाउँदै आएकी थिइन् । उहाँभन्दा अघिका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ पनि संवैधानिक इजलास गठन नहोस् भन्ने चाहन्थे ।

तर, प्रधानन्यायाधीश गोपाल पराजुली भने ढिलाइ नगरीकन संवैधानिक इजलास गठनको पक्षमा रहेको बुझिएको छ । त्यस्तो इजलासमा प्रधानन्यायाधीश पराजुली, वरिष्ठ न्यायाधीश दीपक जोशी, न्यायाधीशहरू चोलेन्द्रशमशेर राणा, ओमप्रकाश मिश्र र दीपक कार्की रहने निश्चित मानिएको छ ।