वीरगंज महानगरपालिका वडा नम्बर १९ बरवाटोलका एक युवकको हत्या भएको छ । बरवाटोलका रामसुरत साहका २५ वर्षीय छोरा शत्रुघन साह कानुको बुधबार राति हत्या भएको हो ।
स्थानीय तिलावे पुलबाट अमरपट्टी जाने बाटोको छेउमा रहेको बाँसघारीमा बुधबार राति बरवाकै पाँच जनाले शत्रुघनको हत्या गरेको मृतकका परिवारजनले दाबी गरेकका छन् । सन्जय चौरसीया, काजी चौरसीया, रामेश्वर चौरसीया, मन्टु चौरसीया र काजीप्रसाद चौसीयाले सत्रुघनलाई बुधबार बेलुकी घरबाट बोलाएर मदिरा सेवन गराइ बाँसघारीमा लगेर कुटपिट गर्नुका साथै घाँटी थिचेर हत्या गरेको मृतक परिजनको भनाई छ ।
सापटीमा लिएको ७० हजार रुपैयाँको लेनदेनको विषयमा विवाद भएपछि शत्रुघनको हत्या गरिएको गाँउलेहरुको भनाइ छ । कुटपिटबाट गम्भीर घाइते भएका शत्रुघनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा बुधबार नै राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँसघारीमा कुटपिट गरेर घाँटी थिचेपछि सत्रुघन मरेको ठानेर पाँचै जना युवक त्यहाबाट हिँडेपछि सत्रुघनले माबोइलबाट घरममा रहेकी आफ्नी श्रीमतीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए । खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले घाइते सत्रुधनको उद्धार गरि नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्याएपछि उपचारकै क्रममा सत्रुघनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न रहको आरोपमा प्रहरीले सन्जय र काजीलाइ नियन्त्रणमा लिएको छ । मृतक सत्रुधनको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । हत्यामा संलग्न रहको भनेर आरोप लागेकामध्ये अरु तीन जना युवा भने घर छाडेर फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेकाको खोजी भइरहेको र घटनाका बरेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।
प्रतिक्रिया