शुभेच्छुकप्रति पूर्वराजाबाट आभार प्रकट

शुभेच्छुकप्रति पूर्वराजाबाट आभार प्रकट


मुटुसम्बन्धी समस्याका कारण उपचारका लागि गत बुधबार नर्भिक इन्टरनेशनल हस्पिटल भर्ना हुनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई उपचारपश्चात अस्पतालले डिस्चार्ज गरेको छ । अस्पताल भर्नालगत्तै कोरोनरी एन्जियोग्राम गर्दा पूर्वराजाको मुटुको एउटा नसामा अवरुद्ध देखिएको र सफलतापूर्वक एन्जियोप्लाष्टी गरिएको थियो । अस्पतालका मुटुरोग विशेषज्ञ डा. यादव भट्ट र पारिवारिक चिकित्सक डा. किशोरजङ राणाको सल्लाहअनुसार उहाँको स्वास्थ्यमा सन्तोषजनक सुधार देखिएको हुँदा शुक्रबार डिस्चार्ज गरिएको पूर्वराजाका स्वकीय सचिव फणि पाठकले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिनुभएको छ ।

उक्त विज्ञप्तिमा जनाइएअनुसार उपचारको क्रममा संलग्न नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सक, कर्मचारी, व्यवस्थापन एवम् सरोकारवाला सबैप्रति पूर्वराजाले आभार व्यक्त गर्नुभएको छ । यस्तै, शीघ्र स्वास्थ्य लाभको कामना गरी आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने तथा देश विदेशका सबै शुभेच्छुकहरूलाई समेत उहाँले धन्यवाद दिनुभएको छ ।

ज्ञातव्य छ, पूर्वराजा अस्पतालबाट डिस्चार्ज हुनुहुँदा पूर्वयुवराज पारसलगायत उहाँका परिजनहरु उपस्थित हुनुहुन्थ्यो ।