बेल्खु खोलामा किशोरीको शव

बेल्खु खोलामा किशोरीको शव


धादिङको बेल्खु खोलामा मृत अवस्थामा एक किशोरीको शव भेटिएको छ । त्रिशुली नदीले बगाएर बेल्खु खोलामा पु¥याएको अवस्थामा शव फेला परेको हो । अन्दाजी पन्ध्र–सोह्र बर्षकी देखिने उक्त शव खोलाकिनारमा गिट्टी–बालुवाको काम गर्ने मजदुरहरूले बेल्खु खोलाबाट निकालेका हुन् । मृत शव कसको हो, अहिलेसम्म पहिचान हुन सकेको छैन । प्रहरीले किशोरीको शवबारे अनुसन्धान सुरु गरेको छ । उनको हत्या, आत्महत्या वा अन्य कारणले मृत्यु हुन गएको सम्बन्धमा प्रहरीको अनुसन्धान केन्द्रित रहेको बुझिएको छ ।