जनप्रतिनिधिले नै लगाए कार्यालयमा ताला

जनप्रतिनिधिले नै लगाए कार्यालयमा ताला


परासी । नवलपरासीको कावासोती नगरपालिकामा जनप्रतिनिधिले नै अनिश्चितकालीन तालाबन्दी गरेपछि सेवाग्राही मर्कामा परेका छन् ।

आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम एकलौटीरुपमा ल्याइएको आरोप लगाउँदै नौवटा वडाध्यक्षले संयुक्तरुपमा चार दिनदेखि कार्र्यालयमा तालाबन्दी गरेका कारण कामकाज प्रभावित हुन पुगेको हो ।

विशेषगरी तालाबन्दीका कारण कार्यकारी अधिकृत शाखा र लेखा शाखाबाट हुने सबै काम प्रभावित बनेका छन् ।

प्रमुख, उपप्रमुख बहुमतका आधारमा आव २०७४/७५ को वार्षिक नीति बजेट तथा कार्यक्रम एकलौटी ढंगबाट पारित गरेको नौवटा वडाका वडाध्यक्षले आरोप लगाउँदै तालाबन्दी गरेका हुन्।

प्रमुख र उपप्रमुखले आफूहरुको सल्लाहबिना बजेट तथा कार्यक्रम सार्वजनिक गरेको प्रति असहमति प्रकट गर्दै तालाबन्दी गरिएको कावासोती नगरपालिका वडा नं ३ का वडाध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए। रासस