राजपा तेस्रो चरणको चुनावमा सहभागी हुने यादवको दावी

राजपा तेस्रो चरणको चुनावमा सहभागी हुने यादवको दावी


प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय जनता पार्टी (राजपा) पनि तेस्रो चरणमा हुने प्रदेश नं २ को चुनावमा सहभागी हुने दावी गरेका छन् ।

उनले भने, ‘तेस्रो चरणअन्तर्गत प्रदेश नं– २ को ८ जिल्लामा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा कसैले शंका गर्नुहुदैन् ।’

शुक्रबार महोत्तरीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले तोकिएकै मितिमा प्रदेश नं. २ मा स्थानीय तह निर्वाचन सम्पन्न हुने बताउँदै राजपा सहभागी हुने बताएका हुन् ।

प्रमुख आयुक्त यादवले निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिँदै मतपत्र, मतपेटिका, कर्मचारी, सुरक्षालगायत सबै तयारी चुस्तदुरुस्त अवस्थामा रहेकोले आगामी असोज २ मा नै तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरे ।

यसअघि प्रमुख आयुक्त यादवले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला निर्वाचन कार्यालयको निरीक्षण गरी त्यहाँको निर्वाचन तयारी अवस्थावारे जानकारी लिए । रासस