राष्ट्रिय झण्डाको दुरुपयोग गर्ने जगदम्बा र डिआरएनलाई किन भएन कारवाही

राष्ट्रिय झण्डाको दुरुपयोग गर्ने जगदम्बा र डिआरएनलाई किन भएन कारवाही


देशको शान र पहिचानका रुपमा रहेको नेपालको झण्डा पछिल्लो समयमा आफुखुशी विज्ञापन र कार्याक्रममा प्रयोग गरि दुरुपयोग गर्ने कार्यमा तीब्रता पाएकोे छ । राष्ट्रिय चिन्हहरूको प्रयोग कहाँ कस्ले गर्ने र गर्न पाउने भन्ने प्रष्ट उल्लेख भएपनि विभिन्न व्यवसायीहरुले आफुखुशी प्रयोग गरिदा समेत सम्बन्धित निकाय मौन रहेको छ । ती चिन्हहरुमध्ये राष्ट्रिय झण्डा पनि एक हो । विश्वमा अनौठो र अरु देशको भन्दा फरक खालको झण्डा नेपालकै रहेको कुरा सर्वविदितै छ ।

नेपाली विकिपिडियाका अनुसार विसं २०१९ पूर्व नेपालको झन्डामा एकरूपता थिएन । झन्डाको स्वरूप त अहिलेको जस्तै थियो । तर मानिसहरू मनलाग्दी ढंगले झन्डा प्रयोग गरि देशै इज्ज्वतमाथी खेलवाड गरिदाँ समेत सरकार मौन बसेकै कारण दुरुपयोग गर्ने क्रममा तीब्रता आएको हो । राष्ट्रिय स्वाधिनताको प्रतिक र पहिचानको परिचायक राष्ट्रिय झण्डाको दुरुपयोग गर्न कोही कसैले पनि पाउदैन् ।

पछिल्लो समय, अझ भनौ लोकतन्त्र आएपछि भने राष्ट्रिय झण्डाको दुरुपयोगमा तीब्रतानै पाएको छ । जुनसुकै पार्टीले राष्ट्रिय झण्डाकै प्रयोग गरेर राजनीति गर्न थालेपछि व्यवसायीले राष्ट्रिय झण्डा प्रयोग गरि विज्ञापन बनाउदा समेत सरकारले कारबाही गर्न सकेको छैन । नेपालको राष्ट्रिय झण्डाको धेरै दुरुपयोग हुनथालेपछि सरकारले ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९’ बनाएपनि त्यो सरकारी पक्षबाटै कार्यान्वयन नगर्दा दुरुपयोग भएको हो ।

जुन २०६९ जेठ २२ गतेदेखि लागु गरियो तर कागजमा मात्र सिमित रहेको छ सो कार्यविधि । त्यो कार्यविधिमा राष्ट्रिय झण्डाको प्रयोगमा विभिन्न सातवटा कार्यहरु गर्न निषेध लगाइएको छ । निषेध गरिएका कार्यहरुमध्ये ‘३’ नं मा (घ) व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्येश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइने छैन ।’ तर सरकारी नीति र निर्देशनको समेत बेबास्था गर्दै सामान्य गुणस्तहिन सामान बिक्री गर्ने डिआरएन ओभरसिज प्राली नामको चीनियाँ सामाग्री बिक्री गर्ने कम्पनीले समेत खुलेआम नेपाली झण्डा प्रयोग गर्दै आएको छ ।
सो कम्पनीले आफुलाई पहिलो नेपाली ब्राण्डेड कम्पनी भएको र सवै सामान नेपालमै उत्पादन भएको भन्दै विद्युतिय सामाग्रीको बिक्री वितरण गर्दै आएको छ । भने केही महिनादेखि विभिन्न पत्रपत्रिकामा नेपालको झण्डा प्रयोग गरि नेपाल र नेपालीकै इज्ज्वत माथी खेलवाड समेत गरिदा सरकारले कारबाही भने गर्न सकेको छैन ।

सो ब्राण्डले चीनमा उत्पादन भएका गुणस्तहिन विद्युतिय सामानमा डिआरएन ब्राण्डको स्टिकर टाँसी नेपाली ब्राण्ड भन्दै उपभोक्ता ठगी गर्ने गरेको छ । सो बारे पटकपटक डिआरएन ब्राण्डका मालिक दुर्गाबहादुर श्रेष्ठ (रुद्र) लाई सम्र्पक गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।  यसैगरि, लामो समयदेखि ‘मेरो देश मेरो जगदम्बा’ नामको विज्ञापनमा पनि राष्ट्रिय झण्डाको प्रयोग गरेको विज्ञापन टेलिभिजनमा प्रसारण हुदाँ समेत सरकारले कारबाही गर्न सकेको छैन् । जगदम्वा सिमेन्टको तर विज्ञापनमा  राष्ट्रिय झण्डा बोक्न लगाई दुरुपयोग गरेको छ । सो कम्पनीले चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आर्चायलाई समेत खुला रुपमा नेपाली झण्डको कपडा बनाएर लगाई दुरुपयोग गरिएको छ ।

कार्यविधिमा व्यापारिक प्रयोजनको लागि र विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको प्रयोग गर्न पाइने छैन भनेर उल्लेख गरेपनि व्यवहारमा भने खुलेआम व्यापारिक प्रयोजनको लागी प्रयोग भइरहदा समेत सरकार चुप लागेर बसेको छ । राष्ट्रकै प्रतिकको रुपमा रहेको झण्डाको दुरुपयोग गर्नु जघन्य अपराधको रुपमा लिने गरिन्छ । पार्टीकै शीर्ष नेताहरु पार्टीको झण्डा शिरमा बाँधेर राष्ट्रिय झण्डामाथि थाल राखेर भोजभतेर खाएको समेत सार्वजनिक भएको छ । राजनैतिक सभामा पनि राष्ट्रिय झण्डाको प्रयोग गरिरहेकै छन् । तर कहीँ कतैबाट पनि यसको विरोध भएको र दुरुपयोग गर्नेलाइ कारवाही भएको भनेको सुनेको छैन् ।

राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९ ले विभिन्न सातवटा सर्तहरु राखी राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइने छैन भनेको छ । तर दुरुपयोग गरे नगरेको कसले हेर्ने, र दुरुपयोग गर्नेलाइ के कस्तो कारवाही गर्न सकिने भन्ने कुरो चाहि ठ्याक्कै तोकेको छैन । कार्यविधिको परिच्छेद ४ मा कुनैपनि जिल्लाको हकमा आफ्नो कार्यक्षेत्र भित्र राष्ट्रिय झण्डाको दुरुपयोग भए नभएको अनुगमन गर्ने भनेर प्रमुख जिल्ला अधिकारीलाइ तोकेको छ ।
गृहमन्त्रालयले बनाएको कार्यविधिको दफा ११ मा राष्ट्रिय भण्डाको दुरुपयोगमा निषेध गरिएको छ । राष्ट्रिय झण्डाको अपमान हुने गरी कुनै कार्य गर्न नहुने, झण्डा च्यात्न वा फ्याँक्न नहुने र फहराउने प्रकृतिको कार्यमा बाहेक अरु काममा प्रयोग गर्न नहुने कार्यविधिमा उल्लेख छ । मुलुकको राष्ट्रिय झण्डालाई बन्द र हडतालहरुमा भन्दा शान्ति र मेलमिलापका लागिमात्रै प्रयोग गर्ने प्रचलन रहँदै आएको छ । गृह मन्त्रालयले बनाएको कार्यविधिमा झण्डा टाँग्ने र झिक्ने बेलामा बाहेक अरुबेला झण्डालाई बोकेर हिँड्नु हुँदैन । फहराउने प्रयोजनमा मात्रै राष्ट्रिय झण्डाको प्रयोग गरिनुपर्छ । तर, डिआरएन ओभरसिज र जगदम्बा कम्पनीले खुलेआम विज्ञापनमा प्रयोग गरिदा न गृहमन्त्रालयले कारबाही गरेको छ सरकारले देखेको छ ।