लमजुङ सदरमुकाम बेसीशहरको हाइस्कुल चोकमा गएराति १२ बजे आगलागी हुँदा तीनवटा घर ध्वस्त भएका छन् । आगलागीका कारण बेसीशहर नपा वडा नं ७ स्थित सुनचाँदी पसल, फलफुल तथा तरकारी पसल र एक किराना पसल जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
आगलागीबाट रामबहादुरको सुनचाँदी पसल, मीना अधिकारीको फलफुल तथा तरकारी पसल र कृष्ण विकको किराना पसल पूर्ण रुपमा ध्वस्त भएको हो । यि तीनवटै घर हेमप्रसाद घिमिरेको रहेको खुल्न आएको छ । उनले सबै पसल भाडामा लगाएका हुन् ।
प्रहरीका अनुसार राती ठूलो पानी आएको र कतै तारमा पानी परेर विजुली सर्ट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । थप अनुसन्धानको कार्य भइरहेको प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागी भएको थाह पाउनासथ दमकल, प्रहरी र स्थानियको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले घटनाको मुचुल्का उठाउन बाँकी रहे पनि आगलागीबाट २० लाख बढिको क्षति भएको पीडितहरुले बताएका छन् ।

– छविलाल बगाले
प्रतिक्रिया