सेफ-अमृताकी छोरी साराले यसकारण लुकाइन् अनुहार

सेफ-अमृताकी छोरी साराले यसकारण लुकाइन् अनुहार


सेफ अली खान र अमृता सिंहकी छोरी सारा अली खान अब फिल्ममा भित्रिनका लागि पूर्ण रुपमा तयार छिन् । साराको पहिलो फिल्म ‘केदारनाथ’ को सुटिङ अगस्ट २५ तारिखदेखि सुरु हुनेछ ।

उनी फिल्ममा सुशान्त सिंह राजपूतसँग डेब्यू गर्नेछिन् । फिल्मको धेरैजसो सुटिङ केदारनाथमा नै हुने भएकाले सारा नर्भस नहोस् भन्नका लागि उनकी आमा अमृता सिंह पनि उनीसँगै हुने बताइएको छ ।

आफ्नो नयाँ फिल्ममा आफ्नो लुकका लागि सारा निकै गम्भीर छिन् त्यसकारण उनले मिडियालाई देखेर आफ्नो अनुहार लुकाएकी छिन् । केदारनाथको सुटिङ ४०–४५ दिनसम्म केदारनाथमा नै चल्ने बताइएको छ ।