चन्द्रग्रहणका कारण नागपञ्चमी र रक्षाबन्धन एकै दिन

चन्द्रग्रहणका कारण नागपञ्चमी र रक्षाबन्धन एकै दिन


पञ्चाङ निर्णायक समितिले १ सय १० वर्षको इतिहासमा चौथोपटक रक्षाबन्धन र नागपञ्चमी एकै दिन परेको जनाएको छ । सो समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष साउन २३ गते सोमवार श्रावण शुक्ल पूर्णिमा परे पनि खण्डग्रास चन्द्रग्रहणका कारण साउन १३ गते नै नागपञ्चमी र सोही दिन रक्षाबन्धन लगाउन सवै हिन्दुधर्मालम्बीहरुलाई सुझाव दिएको छ ।

 

समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले विज्ञप्ति जारी गरी कुनै भ्रममा नपर्न र साउन १३ गते नै रक्षाबन्धन गर्न आग्रह गरेको गरेका छन् । नागपञ्चमी र रक्षाबन्धन एकै दिन गरिएको २७ वर्षपछि यो पटक हो । यसअघि विक्रम सम्बत १९६३, १९८२, २०२८ र २०४७ सालमा यस्तै परेको थियो विज्ञप्तिमा उल्लेख छ ।

समितिले सत्कर्मरत्नावली, निर्णयसिन्धु र कृत्यबाटिका जस्ता ग्रन्थहरुका आधारमा यो निर्णय लिइएको दाबी समेत समे विज्ञप्तिमा गरेको छ । श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रीपूर्व खण्डग्रास चन्द्रग्रहण भएकाले सो दिन गरिने उपाकर्म, ऋषितर्पणी र रक्षावन्धन श्रावण १३ गते शुक्रबार नागपञ्चमीका दिन गर्नु शास्त्र तथा परम्परा अनुसार समुचित छ भन्दै समितिको विज्ञप्ति जारी गरेको छ ।