राष्ट्रपति महिला उत्थान कार्यक्रममा महिला पुरस्कृत

राष्ट्रपति महिला उत्थान कार्यक्रममा महिला पुरस्कृत


राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालित तीनमहिने मोबाइल मर्मत तथा हाते होजियारी तालीममा जुम्लाका पाँच उत्कृष्ट महिला पुरस्कृत भएका छन् । महिला तथा बालबालिका कार्यालय जुम्लाको आयोजनामा आइतबार पाँच उत्कृष्ट महिला पुरस्कृत भएका हुन् । पुरस्कृत हुने महिलामा मोबाइल मर्मतमा उत्कृष्टता

देखाउने अष्टा भण्डारी र राज्यदेवी बुढा तथा हाते होजियारीमा राम्रो सीप प्रदर्शन गर्ने नीमा पुटिन लामा, सरिता भारती र रीता रोकाया रहेका छन् । उत्कृष्ट हुने पाँचै जनालाई निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जनही रु तीन÷तीन हजार नगद र प्रमाणपत्र प्रदान गर्नुभयो । रासस