आज साँझ नयाँ मन्त्रीको सपथ, गच्छदारले बुझाए पुरानै नाम

आज साँझ नयाँ मन्त्रीको सपथ, गच्छदारले बुझाए पुरानै नाम


सरकार गठन भएको डेढ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री कार्यालय श्रोतले मंगलबार नै मन्त्रिपरिषद बिस्तार गर्ने तयारीको पुष्टि गरे पनि मन्त्रीहरुको नामावली तय गर्न गम्भीर छलफल चलिरहेको बताए ।

प्रधानमन्त्री कार्यालय श्रोतले उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मात्र आफ्ना मन्त्रीहरको नाम सिफारिस गरेको भन्दै अन्य दलका मन्त्रीहरुको नामबारे छलफल भइरहेको बतायो ।

मन्त्रीको नाम टुंगो लगाउन दलहरु आन्तरिक छलफलमा रहेको बेला मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले मन्त्रीको शपथग्रहण समारोहको तयारी गर्न राष्ट्रपति कार्यालयलाई समेत आग्रह गरेका छन् ।

राष्ट्रपति कार्यालय स्रोतकाअनुसार मुख्यसचिवले राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेललाई फोन गरि तयारीमा रहन निर्देशन दिएका हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले लिखित जानकारी नआए पनि मुख्य सचिवबाट सपथग्रहणको तयारी गर्न जानकारी आएको पुष्टि गरे । ‘सकेसम्म आजै हुन्छ जस्तो छ, हेरौं के हुन्छ’ शर्माले भने ‘मुख्यसचिव ज्यूले फोन गरेर निर्देशन दिनुभएको छ, पत्र आउनसाथ औपचारिक जानकारी गरौंला ’
मंगलबार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम, नेपाली कांग्रेस र माओवादी केन्द्रका गरी तीनवटा दलबाट मन्त्रीको टुंगो लगाउन आन्तरिक छलफल भइरहेको बताइएको छ ।

आफ्नो ार्टीको तर्फबाट गच्छदारले यसअघि रहेका मन्त्रलाय र पुरानै मन्त्रीहरुको नाम सिफारिस गरेको बुझिएको छ । काँग्रेस र माओवादीको छलफल टुंगोमा पुगे ५ वजे नव नियुक्त मन्त्रीहरुका शपथ ग्रहण हुने प्रधानमन्त्री कार्यालय स्रोतको भनाई छ ।