भोलि विवेकशील पार्टी र साझाको एकता घोषणा 

भोलि विवेकशील पार्टी र साझाको एकता घोषणा 


काठमाडौं :  उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र संचारकर्मी रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी बीच बुधबार एकता हुने भएको छ ।

साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य र विवेकशील पार्टीका प्रवक्ता रमेश पौडेलले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै बुधबार दिउँसो १:३० बजे नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्सम एकता घोषणा हुने जानकारी गराएका छन् ।

दुवै पार्टीले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै बुधबार राजधानीमा विशेष कार्यक्रम गरेर पार्टी एकीकरणको घोषणा गर्न लागेको जानकारी गराएको छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा विवेकशील नेपाली दल र साझा पार्टी एकीकरण घोषणा कार्यक्रममा समाचार सम्प्रेषणका लागि उपस्थित भईदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’ फाइल : तस्बिर