देउवाका उम्मेदवारलाई आरजुले हराएपछि…

देउवाका उम्मेदवारलाई आरजुले हराएपछि…


हालै सम्पन्न वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा काङ्ग्रेस पार्टीका आधिकारिक उम्मेदवार विमल ढकालको नेतृत्वमा एउटा समूह चुनावी प्रतिस्पर्धामा थियो । ढकाल व्यवसायी भएर पनि काङ्ग्रेस पार्टीको जिम्मेवार व्यक्ति र अझ शेरबहादुर देउवानजिकको कार्यकर्ता थिए, तर महानिर्देशक पाण्डेले ढकाल समूहलाई हराउन खुलेरै लागेबाट आरजुले प्रधानमन्त्री र पार्टीलाई सघाइरहेकी छिन् या आफ्नो स्वार्थमा डुबेर सबै तहसनहस पार्दै छिन् भन्ने प्रश्न काङ्ग्रेससम्बद्ध व्यवसायीले गरेका छन् ।

स्वच्छ प्रशासन, सेवाग्राहीलाई सुलभ सेवा र आर्थिक पारदर्शिता भन्ने सरकारी नारा छ । तर, यस सरकारी अभियानलाई धज्जी उडाइदिएका छन् वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले । निजामती सेवाको लामो समय अर्थ मन्त्रालय बसेर अकुत सम्पत्ति कमाएका पाण्डे सहसचिवमा बढुवा भएपछि श्रम मन्त्रालय छिरेका हुन् । भ्रष्टाचारमा लिप्त रहने स्वभावका पाण्डे वैदेशिक रोजगार विभागको महानिर्देशक भएपछि उक्त विभाग भ्रष्टाचारी अड्डामध्ये नं. १ मै दह्रिन पुगेको भुक्तभोगीको कथन छ ।

देशभित्र रोजगारीको अवसरबाट वञ्चित भई बाध्यतावश विदेश जानुपर्ने नेपाली युवालाई कामका लागि विदेश पठाउने मेनपावर कम्पनीलाई अनुगमन गरेर व्यवस्थित र मर्यादित बनाउनुपर्ने वैदेशिक रोजगार विभागको कर्तव्य हो । तर, आफ्नो यस दायित्वबाट च्यूत भई मेनपावर कम्पनीबाट गैरकानुनी रकम असुल गरिरहेको छ यो विभाग, जसको नेतृत्व गरिरहेका छन् महानिर्देशक पाण्डेले । विभिन्न वहाना बनाएर मेनपावर कम्पनीलाई अनावश्यक पत्रचार गर्ने अनि रकमको मोलमोलाई गरी कम्पनीलाई दुःख उनले दिइराखेका छन् भने त्यसबाट विदेश जाने कामदार पनि चर्कै मर्कामा परेका छन् ।

मेनपावर कम्पनीको चाप यसै छ, तर आर्थिक लाभकै लोभमा परेर नयाँ मेनपावर कम्पनी खोल्न अनुमति दिएर त्यसबाट पाण्डेले करोडौँ रकम असुल्दै आएका छन् । अदालतको आदेश भनेर नयाँ लाइसेन्स दिने, तर लाइसेन्स दिनुभन्दा अगाडि मोलमोलाई गरी प्रतिलाइसेन्स १० देखि २० लाखसम्म असुल गर्ने गरेको एक नयाँ व्यवसायीले बताए । यसरी नाङ्गो रूपमा भ्रष्टाचारमा संलग्न हुँदा पनि निज पाण्डेलाई कारबाही हुन नसक्नुमा चाहिँ दह्रै शक्तिको हात रहेको बताइन्छ ।

पाण्डेलाई नजिकबाट चिन्ने एक कर्मचारीका अनुसार उनलाई प्रधानमन्त्रीपत्नी आरजु देउवाको संरक्षण रहेको छ । व्यवसायीसँग घुस माग्ने बेला उनी ‘मैले पनि रकम माथि पु¥याउनुपर्छ’ भन्ने अभिव्यक्ति हाकाहाकी दिने गरेको भुक्तभोगी व्यवसायीको भनाइ छ । प्रमपत्नी आरजुको नाममा रकम असुली हुँदा पनि काङ्ग्रेसकै श्रममन्त्री चुप लागेर बसेका छन् भने प्रधानमन्त्री कार्यालयले पनि केही चासो राखेको पाइएको छैन ।

सार्वजनिक रूपमा अख्तियार प्रमुख दीप बस्नेत आफ्नो मान्छे भएको र आरजु देउवाको संरक्षण भएकाले मन्त्रीले आफूलाई केही गर्न नसक्ने भन्दै हिँड्ने पाण्डेलाई श्रममन्त्रीले पनि केही गर्न नसक्दा स्वच्छ छविका मन्त्री फरमुल्लाह मन्सुरको नियतमाथि समेत शङ्का उत्पन्न भएको अर्का एक व्यवसायीले बताए ।

पाण्डेको यो हर्कतलाई सहयोग पुग्ने गरी बिचौलियाको काम गरेका छन् आफूलाई काङ्ग्रेस र विशेषगरी आरजु देउवाको भित्रिया भन्दै हिँड्ने चितवनतिरका भरत गुरुङ भन्ने व्यक्तिले । दुई–चारजना पैसावाल व्यवसायी जम्मा गर्ने र आरजु देउवालाई ह्यान्स फ्री गरी फोन गर्ने, अनि देख्यौ त मेरो पावर ? भन्दै व्यवसायीबाट रकम असुल गर्ने ती व्यक्ति विभागका महानिर्देशकसँग उत्तिकै हिमचिम राख्छन् । ती व्यक्तिले ‘प्रधानमन्त्री देउवाले श्रम मन्त्रालय आरजु देउवालाई पकेटमनीका लागि दिएको’ दाबी गर्दै आरजुको प्रतिनिधिको रूपमा यो श्रम मन्त्रालय आफँैले चलाउनेसम्मको अभिव्यक्ति दिने गरेकोसमेत व्यवसायीहरू बताउँछन् । यति मात्र नभई वर्तमान श्रममन्त्रीलाई आफूले नै मन्त्री बनाएकोसमेत गुरुङले दाबी गर्ने गरेका छन् । के साँच्चै उक्त मन्त्रालय शेरबहादुर देउवाले पकेटमनीकै लागि आरजु देउवालाई दिएका होलान् त ? के लामो राजनीतिक इतिहास भएका वर्तमान श्रममन्त्री भरत गुरुङको सिफारिसमा आरजु देउवाको रकम असुलीको लागि सहजीकरण गर्न नै श्रममन्त्री बनेका हुन् त ? गम्भीर प्रश्न उब्जेको छ ।

यसरी भ्रष्टाचारमा चुुर्लुम्म डुबेका महानिर्देशक पाण्डेले मन्त्रीले आफूलाई केही गर्न नसक्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् । यस्तो सुन्दा पनि मन्त्रीचाहिँ मूकदर्शक भएर बस्दा कतै गुरुङको दाबी साँचो नै त होइन भन्ने शङ्का पैदा हुनु स्वाभाविक छ । पाण्डेको व्यवहारले सीमा नाघ्न थालेपछि वैदेशिक रोजगार व्यवसायीहरू आतङ्कित बनेका छन् ।

अर्को एक स्रोतले दाबी गरेअनुसार वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष विमल ढकालले महानिर्देशक पाण्डेलाई सीमाभित्र बसेर काम गर्न चेतावनी दिएका थिए, जसबाट स्तब्ध बनेका पाण्डे केही समय चुप लागेर बसेका पनि थिए । तर, वैदेशिक रोजगार सङ्घमा नयाँ नेतृत्व आएपछि पुनः उनको चलखेल बढ्न थालेको छ । पाण्डेको हर्कत कतिसम्म बढेको छ भने वैदेशिक रोजगार व्यवसाय सङ्घको हालै सम्पन्न निर्वाचनमा काङ्ग्रेससमर्थित समूहलाई हराउन उनी खुलमखुला उत्रिएका थिए । तर, काङ्ग्रेसको प्रधानमन्त्री र श्रममन्त्री हुँदा पनि निजलाई कुनै कारबाही नभएकोमा प्रजातन्त्रप्रति आस्था राख्ने व्यवसायीहरू आक्रोशित बनेका छन् ।

ज्ञातव्य छ, हालै सम्पन्न वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा काङ्ग्रेस पार्टीका आधिकारिक उम्मेदवार विमल ढकालको नेतृत्वमा एउटा समूह चुनावी प्रतिस्पर्धामा थियो । ढकाल व्यवसायी भएर पनि काङ्ग्रेस पार्टीको जिम्मेवार व्यक्ति र अझ शेरबहादुर देउवानजिकको कार्यकर्ता थिए, तर महानिर्देशक पाण्डेले ढकाल समूहलाई हराउन खुलेरै लागेबाट आरजुले प्रधानमन्त्री र पार्टीलाई सघाइरहेकी छिन् या आफ्नो स्वार्थमा डुबेर सबै तहसनहस पार्दै छिन् भन्ने प्रश्न काङ्ग्रेससम्बद्ध व्यवसायीले गरेका छन् । आफ्नो ठगी धन्दामा बाधक भएको र आफूलाई नगन्ने भन्दै ‘म्याडमको पनि हराउन निर्देशन छ’ भन्दै एमालेसमर्थित समूहलाई जिताउन पाण्डे लागिपर्नुको रहस्य यसैबाट खुलेको व्यवसायीहरू बताउँछन् । शेरबहादुर देउवाले नै उम्मेदवार बनाएर निर्वाचन लड्न पठाउने अनि आरजु देउवाको निर्देशनमा महानिर्देशक पाण्डेचाहिँ हराउन लागिपर्ने विचित्रको राजनीति देखेर निर्वाचनमा हारेका काङ्ग्रेसी व्यवसायीहरू रनभुल्ल परेका बुझिएको छ । यदि महानिर्देशक पाण्डेले आरजु देउवाको नाम मात्र बेचेर काङ्ग्रेस समूहलाई हराउन र व्यवसायीबाट रकम असुल्न लागिपरेका हुन् भने भ्रष्ट महानिर्देशकलाई वर्तमान श्रममन्त्री र प्रधानमन्त्रीले कारबाही गर्लान् कि यत्तिकै चलखेल गर्न देलान् भन्ने सवाल पनि व्यवसायीमाझ उठेको पाइएको छ । एमालेसमर्थित मेनपावर व्यवसायी प्रयोग गरेर आरजु देउवाको नाममा पैसा उठाउँदा पनि निजलाई कुनै कारबाही हुँदैन भने यो देशमा पैसाको अघिल्तिर पार्टी, सिद्धान्त र आदर्श गौण भइसकेको रहेछ भनी बुझ्नुपर्ने बेला भएछ भन्ने टिप्पणी सम्बद्ध व्यवसायीरूले गरेका छन् ।