भवनको साँचो र स्वास्थ्य चौकी भवन हस्तान्तरण

भवनको साँचो र स्वास्थ्य चौकी भवन हस्तान्तरण


वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटका १७ स्वास्थ्य चौकीको जर्मन संघीय आर्थिक सहयोग तथा विकास कार्यक्रम (जिआइजेड) को आर्थिक सहयोगमा प्रि–फ्याब्रिकेटेड भवन निर्माण भएको छ । जिल्लाका विभिन्न स्थानमा जिआइजेडले निर्माण गरेका भवनको साँचो स्वास्थ्य मन्त्रालयका विशेषज्ञ प्रमुख डा विनोदमान श्रेष्ठलार्ई नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत ज्याकलिन ग्रोथले प्रदान गर्दै हस्तान्तरण गर्नुभएको छ ।

मेघाङ गाउँपालिका–२ बुङताङमा बुङताङ स्वास्थ्य चौकीको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा जिआइजेडले निर्माण गरेका १७ स्वास्थ्य चौकीको साँचो ग्रहण गर्दै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्रेष्ठले विनाशकारी भूकम्पले क्षति पु¥याएपछि अस्थायी संरचनामा सञ्चालन हुँदै आएको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । नुवाकोटमा रहेका ७५ स्वास्थ्य संस्थामा ३० वटामा पूर्णरुपमा क्षति, २० वटा आंशिक तथा बाँकीसमेत प्रभावित भएकाले विभिन्न संस्थाको साझेदारीमा पुनःनिर्माण जारी रहेकाले स्वास्थ्य सेवा सुधार हँुदै आएको उहाँले बताउनुभयो ।

जर्मनीका कार्यवाहक राजदूत ग्रोथले भूकम्पबाट पुगेको क्षतिको पुनःनिर्माणका लागि जर्मन सरकारले जनाएको प्रतिबद्धताअनुसार नुवाकोटमा रु आठ करोड ४९ लाखको लगानीमा निर्माण गरेको १७ स्वास्थ्य संस्थाको सहीरुपमा सदुपयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले भूकम्पपछि अव्यवस्थित भएको नागरिकको दैनिकी सामान्य बनाउन स्वास्थ्य संस्था र शैक्षिक संस्थाको निर्माणसहित जीविकोपार्जनमा समेत सहयोग पु¥याउन जिआइजेडबाट नुवाकोट तथा धादिङ जिल्लामा दुई हजार युवालाई भवन निर्माण ९कालीगढ० सम्बन्धी तालिम सञ्चालन भइरहेको जानकारी दिनुभयो । जिआइजेडमार्फत निर्माण गरिएको भवनमा प्रसूति, परिवार नियोजन, नेपाल सरकारबाट उपलब्ध भएका विभिन्न ३८ प्रकारका निःशुल्क औषधि, खोप कार्यक्रमलगायत स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवा सञ्चालन गर्न नौकोठाको आधुनिक संरचना रहेका छन् ।

नुवाकोटका साविक १६ गाविसका १७ स्थानमा निर्माण गरेको स्वास्थ्य चौकीमा जनशक्ति र उपकरण अभाव भएकाले त्यसको व्यवस्थापन मिलाउन जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख वसन्त अधिकारीले मन्त्रालयसँग समन्वय भइरहेको बताउनुभयो । जिआइजेडको पुनःस्थापना कार्यक्रममार्फत नुवाकोटमा स्वास्थ्य र विद्यालयको भवन निर्माणसँगै कालीगढ तालिमसमेत सञ्चालन भइरहेको संस्थाका नुवाकोट संयोजक सिद्धार्थ शर्माले जानकारी दिनुभयो । जिल्ला अस्पताल, त्रिशूली ९नुवाकोट०को ५० श्यया क्षमताको प्रि–फ्याब्रिकेटेड भवनसमेत जिआइजेडको सहयोगमा निर्माण गरी यसअघि नै हस्तान्तरण भइसकेको छ । अन्य स्थानका स्वास्थ्य संस्थाका भवन निर्माणको प्रक्रियामा रहेका छन् । रासस