त्रिशुलीमा चालकसहित ट्रक बेपत्ता

त्रिशुलीमा चालकसहित ट्रक बेपत्ता


पृथ्वी राजमार्गअन्तर्गत धादिङ, गजुरी गाउँपालिका–२ स्थित बिहानी पम्प नजिकैबाट विहिबार विहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ ।बा ४ ख ५१४६ नं को ट्रक त्रिशूली नदीमा खसेर हराइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बिहानी पम्पको मोडमा पुगेपछि सो ट्रक सडकबाट करिब ४० मिटर तल त्रिशूलीमा खसेको हो ।

ट्रक चालक काले दमै रहेको र दुर्घटनास्थल नजिकै पसलमा खाजा खाएर गाडी चलाएको केही मिनेटमै गाडी त्रिशूलीमा खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जानकारी दियो । ट्रकमा कति मानिस थिए भन्ने खुल्न सकेको छैन । वर्षाका कारण त्रिशूलीमा पानीको बहाव बढेकाले ट्रक र चालकको अवस्था अज्ञात रहेको छ । प्रहरी र स्थानीयले खोजी कार्य सुरु गरेका छन् ।