आर्थिक पारदर्शिता भए विश्वास बढ्छ

आर्थिक पारदर्शिता भए विश्वास बढ्छ


नागरिक समाज र मिडियाबीच एकले अर्कालाइ हेर्ने दृष्किोणमा रहेको सामिप्यताको अभावका कारण विस्वासको संकट रहेको सभागीहरुले बताएका छन् । राजाधानीमा मिडिया एड्भोकेशी ग्रुप (म्याग)ले आयोजना गरेको मिडिया र नागरिक समाजबीचको सम्बन्ध सुधारमा कसरी गर्न सकिन्छ भन्ने विषयमा भएको अन्तरकृया कार्यक्रममा सहभागीहरुले सो कुरा बताएका हुन् ।

विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मी र नागरिक समाज र एनजीओमा कार्यरतबीच भएको अन्तरकृयामा एनजीओले आर्थिक पारदर्शिता र जवाफ देहिता सहितको कार्य सम्पादन हुनसके अपेक्षित परिणाम मिडियाबीच सम्बन्ध राम्रो हुने बताएका छन् । सहभागीहरुले दिगो विकासको अवधारणाको कार्यान्यनमा समेत सघाउ पुग्ने र यसको लागि पारदर्शिता सहितको विस्वासको वातावरण बनाइनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।